एनआरएन कोरियाको नवौं अधिबेशनको सम्पूर्ण तयारी पुरा , मतदानको लागी तयार रहन निर्वाचन कमिटिको अपिल

257

गैर्ह आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए दक्षिण कोरियाको नवौं अधिबेशनको सम्पूर्ण तयारि पुरा भएको छ l नेपालबाट पाल्नुहुने माननीय संस्कृति , पर्यटन तथा नागरिक उड्यान राज्य मन्त्री शुशिला सिर्पाली ठकुरीको उपस्थितिमा जुलाई २९ तारिख सनिवार उद्घाटन कार्यक्रम रहेको छ भने निर्वाचनको कार्यक्रम ३० तारिख आइतबार तय गरिएको छ l

निर्वाचन कमिटिका संयोजक गंगाराज राइका अनुसार निर्वाचन प्रक्रियाको लागी सम्पूर्ण सिस्टमहरु तयारी अबस्थामा राखिएको छ भने सम्पूर्ण मतदाताको अन्तिम नामावली समेत प्राप्त भैसकेको छ l

एनआरएन कोरियाले आइसीसी सल्लाहकार गंगाराज राइको संयोजकत्वमा डा. टिकाराम अर्याल तथा डा. इ. ठाकुर ढकाल सदस्य रहने गरि निर्वाचन कमिटि निर्माण गरेको थियो l संयोजक राइ एनआरएनए कोरियाका संस्थापक , पुर्व एसिया प्यासेफिक संयोजक तथा बर्तमान आइसीसी सल्लाहकार  हुन l

निर्वाचन कमिटि संयोजक  गंगाराज राइ 

एनआरएनएमा लामो अनुभव बटुलेका राइले निर्वाचन प्रक्रियालाई चुस्त दुरुस्त बनाउन आफ्नो तर्फ देखि कुनै कसर बाकि नराख्ने बताएका छन l उनले भने “हामीले अनलाइन निर्वाचनको लागी फेस भेरिफिकेसन हुनेगरी केन्द्रको सिस्टम पर्योग गर्ने तयारि गरिरहेका छौ , निर्वाचन अत्यन्तै चुस्त र दुरुस्त हुने छ तपाईहरु मतदानको लागी तयार रहनुहोला “l

संस्थाले बिधान बिपरित सदस्यता बितरण गरे भन्दै एनआरएनए आइसीसीमा गुनासो परेपछि आइसिसिको निर्देशन बमोजिम निर्वाचन भेरिफिकेसन कमिटीले सदस्यता पुनः चेकजांच गरि बिधान सम्बत योग्यता नपुगेका सदस्यहरुको सदस्यता खारेज गरेको छ l

यस पटकको अधिबेशनको कुल ४३ जना उमेद्वारले आफ्नो उमेद्वारी खडा गरेका छन् भने अध्यक्षमा विपिनकुमार गुरुङ , बुद्वी गुरुङ र संजिव राइ भिड्दै छन l

बिभिन्न पदका उमेद्वारहरु