एन आर एनए कोरियाका पुर्व अध्यक्ष क्षेत्री यूएस ओपन तेक्वान्दो च्याम्पियनसिपमा निर्णायक बन्ने

275

तेक्वान्दोका राजु क्षेत्रीले युएस ओपन तेक्वान्दो च्याम्पियनसिपमा जज गर्ने भएका छन् । मार्च ३ देखि ५ सम्म अमेरिकाको लास भेगासमा हुने विश्व वरीयताको छनोटमा पर्ने यो प्रतियोगिता जी २ अन्तर्गत छ ।

४० अन्तर्राष्ट्रिय रेफ्रीमा ४८ वर्षे क्षेत्री नेपालबाट रहेका छन् । सन् २००६ र २००८ मा यो प्रतियोगिता खेलेका उनले पहिलो पटक रेफ्री गर्न लागेका हुन् । दक्षिण कोरिया र अमेरिकामा प्रान्तीय च्याम्पियनसिपमा रेफ्री गर्दै आएका उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो पटक जज गर्न मौका पाएका हुन् ।

वेस्टगेट रिसोर्ट एवं क्यासिनोमा हुने इभेन्टमा विभिन्न देशका झन्डै ३ हजार खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । जुनियर र सिनियरमा पुम्से, स्पाइरिङको सबै क्याटगोरीमा प्रतिस्पर्धा हुनेछ । क्षेत्रीले यस अवसरलाई आफ्नो खेलजीवनको कोसेढुंगा भएको जनाए । प्रतियोगिताको उद्घाटनमा रक एन्ड रोल गायक एल्भिस प्रेस्लीले प्रस्तुति दिने कार्यक्रम छ ।

जी२ अन्तर्गतकै दक्षिण कोरियामा २००८ मा चौथो कोरिया ओपन तेक्वान्दो च्याम्पियनसिप जितेका क्षेत्रीले २००५ मा टेक्सासमा २५ औं फोर्थवर्थ तेक्वान्दो च्याम्पियनसिपमा रजत जितेका थिए । एनआरएन कोरियाका पूर्वअध्यक्ष क्षेत्रीले कोरिया र अमेरिकालाई कर्मथलो बनाउँदै आएका छन् । कान्तिपुर बाट