काभ्रे सम्पर्क समिती दक्षिण कोरियाले गर्यो जिल्लाका बिभिन्न बिद्यालयहरुमा शैक्षिक सामाग्री वितरण

720

दक्षिण कोरियामा सन २०११ मा स्थापना भएको काभ्रेपलनञ्चोक जिल्लाबासीहरु को साझा संस्था काभ्रे सम्पर्क समिती दक्षिण कोरियाले जिल्लामा रहेका १३ वटा स्थानीय निकायका सरकारी तथा सामुदायिक बिधालयमा “गरिब तथा जेहेन्दार विद्यार्थीहरुको लागि शैक्षिक सामाग्री सहयोग”कार्यक्रम सपन्न गरेको छ।
संस्थाले ६ वटा नगरपालिका र ७ वटा गाउँपालिकामा गरि कुल १३ वटा स्थानीय निकायमा रहेका ३५ वटा बिधालयहरु छनौट गरि त्यहाँ अध्यनरत जेहेन्दार,गरिब,दलित,अपाङ्गता भएका तथा अभिभावक बिहिन कुल ६०० जना भन्दा बढी विद्यार्थीहरुलाई बिधालय ब्यवस्थापन समिति तथा स्थानीय निकायको प्रत्यक्ष सहभागितामा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरु लाई संस्थाको आफ्नै लोगो अङकित झोला,जोमेट्री बक्स,पेन्सिल, इरेजर ,कपिका साथै क्याल्कुलेटर शैक्षिक सामाग्री वितरण सपन्न गरेको छ। सस्थाको सहयोगले विद्यार्थीहरुलाई प्रत्यक्ष सहयोग पुग्नुको साथै अभिभावकहरुमा पनि खुसी थपिएको छ। जिल्लाकै विकट मानिएको डाडापारी क्षेत्रमा समेत सस्थाको सहयोग पहिलो पटक पुर्याउन सस्था सफल भएको छ।यसै गरि सस्थाले धुलिखेल नगरपालिका,बनेपा नगरपालिका,पनौती नगरपालिका,पाँचखाल नगरपालिका,मन्डन देउपुर नगरपालिका,नमोबुद्ध नगरपालिका ,भुम्लु गाउपालिका,माहाभारत गाउँपालिका,खानीखोला गाउँपालिका,रोशी गाउँपालिका,तेमाल गाउँपालिका,चौरिदेउराली गाउँपालिका र बेथान्चोक गाउँपालिकामा सफल रुपमा शैक्षिक सामग्री सहयोग कार्यक्रम सम्पन गरेको कुरा सस्थाका अध्यक्ष तथा यस कार्यक्रमका सम्योजक प्रकाश योन्जनले बताउनु भयो।
सहयोगको लागि आर्थिक ब्यबस्थापन भने सस्थाले सस्थाको आफनै खातामा रहेको र अपुग बर्तमान केन्द्रिय समिति मार्फत जुटाएको थियो।बिधालयसम्म शैक्षिक सामाग्री पुर्याउन नेपालमै रहनु भएका सस्थाका सल्लाहकार हरुले बिशेष भुमिका निर्वाह गर्नु भएको थियो।
सस्थाले विगतमा पनि सामाजिक कार्यहरु गर्दै आइरेको र आउँदा दिनहरुमा पनि सस्थाले समाजमा प्रत्यक्ष जोडिने र समाजरुपान्तरणका निमित्त उल्लेखनीय र प्रभावकारी कामहरुका निम्ति प्रवास बसाईलाई अझै सामाजिक कार्यमा लगाउदै सबै सङ हातेमालो गर्दै जाने र सस्थालाई समाजिककार्यका लागि चुस्त रुपमा अगाडि बढाउने कुरा सस्थाका अध्यक्ष प्रकाश योन्जनले बताउनु भयो।