कोरियन युवतीलाई बलात्कार गरेको आरोपमा एकजना नेपालीलाइ कोरियामा ३ बर्षको कैद

6677

दक्षिण कोरियामा को क्षेत्रीय  अदालतले एकजना नेपाली युवालाई बलात्कारको आरोपमा ३ बर्षको कैद सजाय सुनाइएको छ। विद्यार्थी भिषामा कोरिया आएका एक नेपाली युवाले कोरियन युवतीलाई बलात्कार गरेको आरोप प्रमाणित भएपछि अदालतले उनलाई ३ बर्षको कैद सुनाएको हो।
नेपालको सुदुरपश्चिम घर भएका एक खड्का थरका नेपाली युवाले संगै कलेज पढ्ने कोरियन युवती सँग सियु मार्ट अगाडि बसेर बियर पिएको र बियर खादै जादा धेरै नै पिएपछी उनिहरु दुबैजना होटेल गएका थिए । सिसिटिभी फुटेजको आधारमा उनलाई दोषी ठहर गरेको कोरियाको प्रहरी भाषा अनुवादकको रुपमा कार्यरत मुक्त गुरुङले जानकारी गराएका छन् । विद्यार्थी भिसामा खड्का ३ बर्ष अगाडि कोरिया आएका थिए।
कोरियाको कानुन अनुसार मादक पदार्थ सेवन गरेर सहमतिमै यौन सम्पर्क गरेपनी महिलाले मुद्दा दर्ता गरेको खण्डमा बलात्कारको मुद्दा लाग्ने मुक्त गुरुङले बताए ।

उचित क्षतिपूर्ति दिएर कोरियामै बस्ने वातावरण दिलाउन प्रयास गरेको भएपनी कोरियन युवतिले जेल हालेर स्वदेश फिर्ता गर्नेपर्ने अडान लिएपछी उनलाई जेल सजाय सुनाईएको छ । अब पीडक युवक कोरियामा ३ बर्ष जेल सजाय भोगेपछि नेपाल पठाईनेछ।