कोरियाको इथेवन घटनामा यथेस्ट सुरक्षा दिन नसकेको आरोप लागेका प्रहरी अधिकृत द्वारा आत्महत्या

1486

दक्षिण कोरियामा गत अक्टोबर २९ तारिख होलिविन फेस्टिवल मनाउनेक्रममा अत्यधिक भीडका कारण निशासिएर १५६ जनाको ज्यान जानेगरी भएको घटनामा येथेस्ट सुरक्षा दिन चुकेको आरोप लागेका योंसान प्रहरी स्टेसनका प्रहरी अधिकृत मृत फेला परेका छन् l
५५ बर्षिय जिओङ उपनाम गरेका प्रहरी अधिकृत शुक्रवार दिउसो १२ बजेर ४५ मिनेट जादा राजधानी सिओलमा रहेको आफ्नै निवासमा मृत अबस्थामा फेला परेका हुन l
प्रहरीका आनुसार हाल सम्म कुनै सुसाइड नोट फेला परेको छैन तर अघिल्लो दिन आफ्ना केही सहकर्मीहरूसंगको फोन कलमा उनले आत्महत्याको संकेत गरेका थिए l
मृतक जिओङ् गत २९ तारिख इथेवानमा भएको घातक भिडको नियन्त्रण गर्न चुकेको सम्बन्धमा अनुसन्धानको दायरामा तानिएका थिए l उनीसंगै योङसान प्रहरी स्टेशन, दमकल केन्द्र र जिल्लाको वडा कार्यालय माथि अनुसन्धान भइरहेको छ।

उनीविरुद्ध अख्तियारको दुरुपयोग, प्रमाण नष्ट गर्ने र व्यावसायिक लापरवाहीको गरेको आरोप लागेको छ l
यहि हप्ताको शुरुमा उनि विरुद्व अनुसन्धानको लागि मुद्दा दर्ता गरेपछि उनी छुट्टीमा थिए र बुधबार ड्युटीबाट निलम्बन गरिएको थियो। उनलाई सोधपुछका लागि बोलाइएको थिएन ।

प्रहरीले उनको मृत्यु पश्चात मुद्दा बन्द गर्ने योजना बनाएको छ।