कोरियामा एक नेपाली द्वारा आफ्नै नेपाली सहकर्मीको छुरा प्रहार गरि हत्या

582

दक्षिण कोरियामा एक नेपालीले कम्पनीको होस्टेलमा सुतिरहेका सहकर्मी नेपालीलाई निदाएको अबस्थामा धारिलो छुरा प्रहार गरी हत्या गरेका छन्।

नेपालको पाँचथर घर भएका २९ बर्षीय राजेश बुढाथोकीले नुवाकोट घर भएका २७ बर्षीय प्रकाश बि क लाइ सुतिरहेको अवस्थामा घाँटीमा चक्कु प्रहार गरि हत्या गरेको आरोमपमा छुङछनबोक्दो जिन्छन प्रहरीले मंगलवार राति घटनास्थल बाटै पकाउ गरेको छ l

हत्या गर्ने राजेश बुढाथोकी करिव एक महिना अगाडी मात्रै कोरिया प्रवेश गरेका थिए भने प्रकाश बि क ५ महिना अगाडी कोरिया आएका थिए। उनीहरुलाई कम्पनीको होस्टेलमा संगै राखेको थियो।

कम्पनीमा कार्यक्रत साथीहरुका अनुसार हत्या आरोपी राजेश बुढाथोकी यस भन्दा अगाडि पनि १ वर्ष कोरिया बसेर बिरामी भएकोले नेपाल फर्किएर पुन परिक्षा दिएर कोरिया आएको बुझिएको छ ।

सहकर्मीका अनुसार मंगलबार बेलुकी ८ बजेसम्म काम गरेका उनीहरु खाना खाएर सबै सुतेका थिए। राती करिव ११:४० को समयमा अचानक हल्ला गर्दै बचाउ बचाउ भन्दै राजेश बुढाथोकी बाहिर निस्किएपछि कम्पनीमा कार्यरत अन्य साथीहरु पनि निस्किएका थिए। साथीहरु बाहिर निस्किदा हातमा चक्कु लिएर बाहिर निस्किएका राजेश बुढाथोकीको ब्यबहार असामान्य देखेपछि साथीहरु कोठामा पस्न पनि डराएका थिए l

उनको असामान्य ब्यबहारले गर्दा भित्र जान नसकेकोले तत्काल प्रहरीलाई खबर गरेको बताए l प्रहरी आईपुगेपछि मात्र कम्पनीमा भएका साथीहरु सहित उक्त आरोपिको कोठामा प्रवेश गर्दा आरोपीले आफैले घाँटीमा चक्कु प्रहार गरि लडेको अवस्थामा भेटिएका थिए भने प्रकाश बि क घांटी रेटिएको अवस्थामा मृत भेटीएका थिए। उनले साथीको हत्या गरेर आफु बच्नको लागी साथीसंग झगडा भयो भन्ने देखाउन आफ्नै घाँटीमा चक्कु हानेको हुन् सक्ने सहकर्मीको भनाइ छ l
सख्त घाइते अबस्थामा भेटिएका उनलाई अहिले अस्पतालमा उपचारको लागी भर्ना गरिएको छ lउपचार पश्चात घटनाको थप वास्तविकता अनुसन्धान गर्न पक्राउ पुर्जी जारी गर्ने प्रहरीले बताएको छ।
घटना वारे अनौपचारिक जानकारी आए पनि प्रहरीले अहिले सम्म औपचारिक जानकारी नपठाएको कोरिया स्थित नेपाली दुतावासले बताएको छ l प्रहरीले बिस्तृत अनुसन्धान गरि जानकारी पठाएपछी मात्र घटनाको बिस्तृत कारण थाहा हुन सक्ने श्रम कन्सुलर रमा भट्टराईले बताउनु भयो l