कोरियाको ग्वाङ्जुमा तीजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

2018
हरिराम भण्डारी/ दक्षिण कोरिया 
नेपाल समुदायिक समिति ग्वाङ्जु को आयोजनामा ग्वाङ्जु पेंगडोंग पार्कमा हरितालिका तीजको अवसरमा दर खाने कार्यक्रम आइतबार सम्पन्न भएको छ।
ग्वाङ्जु , मक्पो आदि स्थान  नजिकका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू महान चाड हरितालिका तीजको उपलक्ष्यमा विविध सांस्कृतिक कार्यक्रमको साथ छम छमि नाचेका थिए।
उक्त कार्यक्रमको प्रमुख अतिथि संस्थाका सल्लाहकार तथा  स्टार रेमिटका  सीईओ रुद्र शर्माले विदेशमा रहेर पनि नेपाली पहिरनमा सजीएर तीज मनाउन पाउँदा खुसी लागेको बताउनुभयो।पहिले दिदी बहिनीहरूलाई कठिन परिस्थिति भएको तर संस्था खोलेपछि सहज भएको र अहिले हाम्रा धेरै चेलीबेटीहरूको भान्जा भान्जी समेत भएको अवस्था रहेको जानकारी दिनुभयो।
रामचन्द्र बरालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष येजिन लामाले सबैलाई धन्यवाद दिनुभएको थियो।
सो अवसरमा यस छेत्रमा रहेर पत्रकारिता मार्फत विभिन्न लेख रचना समाचार सम्प्रेषण गरिरहेका पत्रकार हरिराम भण्डारी सम्मान गरिएको थियो।
सो अवसरमा एक सय पचास जनाको सहभागिता रहेको जानकारी कोषाध्यक्ष शिव आचार्यले दिनुभयो भने कार्यक्रम सञ्चालन सचिव प्रकाश पराजुलीले गर्नुभएको थियो।