कोरियाको हाउजिंग कम्पनि बुयोङ ग्रुपले सन्तान जन्माउने आफ्ना कर्मचारीलाई ३० करोड वोन सम्म सहयोग दिने

232

दक्षिण कोरियाको हाउजिंग तथा रियल स्टेट कम्पनि बुयोङले आफ्ना कर्मचारीहरूलाई प्रति जन्म १० करोड वन उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ l
समाचार एजेन्सी योंघापका अनुसार कम्पनीले तीनभन्दा बढी सन्तान भएका कामदारहरूलाई ३० करोड वन वा ८५ वर्ग मिटरभन्दा कम आकारको स्थायी भाडाको घर बनाउनको लागि सरकारले जग्गा उपलब्ध गराएमा छनोट गर्न दिने बताएको छ l

बुयोङ समूहले सन् २०२१ पछि आफ्ना कर्मचारीहरूलाई जन्मेका ७० बच्चाहरूका लागि संयुक्त ७ अर्ब वन (५.२५ मिलियन डलर) नगद दिने निर्णय गरेको छ, कम जन्मदरसँग जुध्न राष्ट्रको प्रयासमा योगदान पुर्‍याउन, निर्माण फर्मले सोमबार सो योजना सार्वजनिक गरेको हो l

“यदि कोरियाको जन्मदर अहिलेकै अबस्थामा कम हुदै गयो भने, देशले आगामी २० वर्षमा लोप हुने संकटको सामना गर्नेछ,” बुयोङ समूहका अध्यक्ष ली जोङ-केउनले सोमबार कम्पनीको नयाँ वर्ष समारोहमा भने। “कम जन्मदर आर्थिक बोझ , काम र पारिवारिक जीवन सन्तुलनमा कठिनाइहरूको परिणाम हो, त्यसैले हामीले यस्तो कठोर कदम चाल्ने निर्णय गर्यौं।”

कोरियाली कम्पनीले आफ्ना कर्मचारीहरूलाई सन्तान जन्माउन प्रोत्साहन गर्न यति ठूलो रकम तिरेको यो पहिलो पटक हो।
बुयोङले जन्मदर बढाउन मद्दत गर्न सरकारलाई कर छुट दिन पनि आग्रह गरेको छ

“म बच्चा हुर्काउनको लागि आर्थिक कठिनाइहरूको बारेमा चिन्तित थिएँ, तर कम्पनीको सहयोगको लागि धन्यवाद, मैले अर्को बच्चा जन्माउने विचार गर्न सक्षम भएको छु,” गत महिना जन्म दिने बुयोङ कर्मचारीले भने।

देशको जन्मदर लगातार घटिरहेको अबस्थामा भोलिका दीनमा बुयोङ पछि अन्य निर्माण कम्पनीहरूले यस्तो कदम पछ्याउन सक्ने अपेक्षा गरिएको छ l
तस्बिर : योहाप