कोरियाबाट फर्किएका उद्दमशिल युवा नविन वाँस्कोटाको श्रद्वान्जली सभा सम्पन्न

667

स्वर्गीय युवा समाजसेवी नवीन बास्कोटाको निधनको सम्झनामा कोरिया रिटर्नी ग्रुपले आज शनिबार श्रदाञ्जली सभा सम्पन्न गरेको छ ।

झापा मिलन समाजले दक्षिण कोरियाका पूर्व अध्यक्ष समेत रहेका उनी कोरियामा स्थापित विभिन्न समाजिक संघसंस्थामा आबद्ध भई सामाजिक क्रियाकलापमा सक्रिय रहेका थिए ।

श्रद्धाञ्जलि सभामा बास्कोटाको तस्बिरमा फूलमाला माल्यार्पण गरि श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

श्रदाञ्जली सभा कार्यक्रममा अंकुर नेपालका अध्यक्ष प्रकाश सुवेदी, पत्रकार महासंघ दक्षिण कोरियाका पूर्व अध्यक्ष रञ्जन कुँवर , झापा मिलन समाजका पूर्व अध्यक्ष सन्तोष श्रेष्ठ , दोलखा समाजका पूर्व अध्यक्ष सरोज केसी , योङ स्टार ग्रुपका पूर्व अध्यक्ष यम श्रेष्ठ , बाग्मती प्रदेश एकता समाजका पूर्व वरिष्ठ उपाध्यक्ष यदु कुमार गिरी, पत्रकार सन्दिप पाण्डे, शान्ति लामा लगायत कोरिया रिटर्न ग्रुपको उल्लेख्य उपस्थिती रहेको थियो। श्रद्धाञ्जलि सभाको सञ्चालन नेत्र पौंडेलले गरेका थिए।

कोरियामा बस्दा सबैको प्रिय बनेका नविनको झापामा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो।