कोरियामा आँधीखोला सांगीतिक सौगात भाग ६ को पत्रकार सम्मेलन मार्फत पोस्टर सार्वजनिक

221

स्याङ्जा परिवार दक्षिण कोरियाले आगामी सेक्टेम्व २९ तारिक , छुसकको दोस्रो दीन आयोजना गर्न लागेको आँधीखोला सांगितिक सौगात भाग ६ को पत्रकार सम्मेलन मार्फत बिस्तृत जानकारी सहित पोस्टर सार्वजनिक गरेको छ ।


आइतवार राजधानी सिओलमा आयोजीत कार्यक्रममा संचारकर्मी लगाएत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो l
कार्यक्रममा नेपालका चर्चित गायक प्रमोद खरेल , राम्जी खाण , समिक्षा अधिकारी, सर्मिला गुरुङ , मेक्सन गौडेल ,चिना थापा , अस्मिता राना , घनश्याम रिजाल, मिलन गुरुङ लगाएत ९ जना कलाकारहरुको उपस्थिति रहने छ ।
राजधानी सिओलको दोंग्देमुन नजिकै रहेको सुबिधा सम्पन्न हलमा दिउसो १२ बजे देखि शुरु हुने उक्त कार्यक्रममा उपश्थित भै भरपुर मनोरन्जन लिन सम्पूर्ण कोरियावासी नेपालीलाई आयोजक स्याङ्जा परिवारले हार्दिक अपिल गरेको छ l