कोरियामा बेपत्ता भएका भुपेस नेम्बाङको अबस्था अझै अज्ञात , कोरियन प्रहरी द्वारा खोजी कार्य जारी

1797

दक्षिण कोरियाको थेगु क्षेत्रबाट अघिल्लो साता बेपत्ता  भएका भुपेस नेम्बाङ लिम्बुको अबस्था अझै अज्ञात रहेको सिओल स्थित नेपाली दुतावास श्रोतले जनाएको छ l

नेपालको पाँचथर घर भै कोरियाको थेगुमा रहेको एक कम्पनीमा कार्यरत २५ बर्षिय लिम्बुले  फेसबुक स्टोरीमा अलबिदा लेखि बेपत्ता भएका थिए l उनी हराएपछि खोजी गर्ने क्रममा उनले प्रयोग गर्ने गरेको साइकल एक नदीको किनारामा भेटिएको थियो l

दुतावास श्रोतका अनुसार कोरियन प्रहरीका बिषेशज्ञ टोलीले उनको खोजीकार्य गरिरहेको छ l उनले प्रयोग गरेको साइकल नदीको किनारामा भेटिएकोले प्रहरीद्वारा डुंगाको प्रयोग गरि नदीमा पनि खोजी कार्य भैरहेको श्रम कन्सुलर चान्द्रकला ओलीले बताउनु भयो l

उहाँले भन्नु भयो ‘ हामी स्थानीय प्रहरीसंग निरन्तर सम्पर्कमा छौं , उनीहरुले नदि बाहेक अन्य ठाउँहरुमा पनि तस्बिर देखाएर खोजि गरिरहेको बताएका छन l आशा गरौ छिटै केहि खबर आउला l ”

दक्षिण कोरियामा पछिल्लो समय आकस्मिक मृत्यु ,आत्महत्या  आदि घटनाहरु बढिरहेको बेला फेसबुकमा नराम्रो संकेत दिएर बेपत्ता  भएको घटनाले नेपालीहरुलाई थप त्रसित बनाएको छ l बिभिन्न सामाजिक संजाल मार्फत यहाँ रहेका नेपालीहरुले लिम्बुको ब्यापक खोजि कार्य गरिरहेका छन l

उनले प्रयोग गर्ने गरेको साइकल भेटिएको स्थान