कोरियामा मजुर युनियन माथी सरकारको कडा निगरानी , करिब १ दर्जन कार्यालयमा छापा

800

किशन गौतम ,दक्षिण कोरिया 

दक्षिण कोरिया सरकारले यहाँ रहेका बिभिन्न मजदुर संगठन माथी निगरानी बढाएको छ l उत्तर कारिया संग जासुसी गतिविधिमा जोडिएको आरोप लगाउदै बुधबार बिहान, राष्ट्रिय प्रहरी एजेन्सी र राष्ट्रिय गुप्तचर सेवा (एनआइएस ) ले संयुक्त रुपमा कोरिया कन्फेडेरेसन अफ ट्रेड युनियन (केसीटियु ) को करिब एक दर्जन कार्यालयहरूमा छापा मारेको छ l
राष्ट्रिय सुरक्षा ऐन उल्लङ्घन गरेको अभियोगमा श्रमिक युनियनलाइ नियन्त्रणमा लिई आदालत सम्म पुर्याउने वारेन्ट प्राप्त गरेको एनआईएसलाइ उधृत गर्दै कोरिया टाइम्सले जनाएको छ l
प्रहरीले राजधानी सियोलमा रहेको केसीटियुको मुख्यालय तथा येइदोमा रहेको कोरियाली स्वास्थ्य र चिकित्सा श्रमिक संघको कार्यालय सँगै ग्वान्जुमा किया मोटर श्रमिक युनियनको कार्यालयमा समेत छापा मारेको छ l
बिसेषगरि निर्माण क्षेत्रमा कानून उल्लङ्घन गरेको आशंकामा चार जना युनियन सदस्यहरूको घरमा समेत छापा मारेको बताएको छ l
केसीटीयूका अधिकारीहरूले वकिलको उपस्थितिमा छापा मार्न माग गर्दै अधिकारीहरूलाई प्रवेश गर्नबाट रोक्न खोजे पनि अनुसन्धानकर्ताहरूले अगाडि बढेर छापा मारेका थिए, जुन करिब १० घण्टा चलेको थियो ।
गुप्तचर निकायले केसीटीयूको मुख्यालयमा कानुन उल्लंघन गरेको आरोपमा छापा मारेको यो पहिलो पटक भएको श्रमिक संघले जनाएको छ l
युनियनले बिहीबार एक पत्रकार सम्मेलनको आयोजना गरि सरकारले आफ्नो गल्ती ढाक्न नाटक मन्चन गरेकोमा भ्रत्सणा गरेका छन l
उनीहरुले वर्तमान सरकारले ‘पुरानो’ राष्ट्रिय सुरक्षा कानूनको दुरुपयोग गर्दै श्रमिक युनियनलाई सताउने गरेको भन्दै यसका सदस्यहरूले मे १ मजदुर दिवस र जुलाईमा प्रशासनको पछिल्लो कदमको विरोधमा राष्ट्रव्यापी हडताल गर्ने बताएका छन l
यता प्रहरीसँग संयुक्त अनुसन्धान गरिरहेको जासुसी एजेन्सीले केसीटियुका केहि वरिष्ठ सदस्यहरूले सन् २०१७ र सन् २०१९ मा गरि दुइ पटक सम्म सम्भवतः भियतनाम र कम्बोडियामा उत्तर कोरियाली एजेन्टहरूलाई भेटेको दावी गरेको छ l