कोरियामा लाइफोन ठगि तथा आइडी दुरुपयोग हुन बाट कसरि बच्ने

2110

कोरियाका बिभिन्न टेलिकमहरुले आफ्ना ग्राहकलाई आकर्षक सेवा सुबिधा तथा लोभलाग्दा अफरहरु दिईरहेका छन l तर त्यहि सुविधालाई उपयोग गर्दै ठगि गर्नेहरुको बिगबिगी पनि अत्यधिक बढेको छ l आजकल हामीले सुन्ने र देख्ने गरेका छौ l बिना बैंक खाता , बिना अग्रिम भुक्तानी तपाइहरुले बिभिन्न मोडेलका सेटमा लाइनफोन लिन सक्नुहुन्छ l त्यस्ता अफरहरु प्रायः ३ महिने , ५ महिने , ६ महिने आदि इत्यादि प्लानिङका हुन्छन l आफ्नो एलिन कार्डको फोटो पठाएको भरमा मोबाइल सेट तपाइँको रुममै आइपुग्छ l
कसरि हुन्छ त ठगि
यसो सम्झिनुहोस त बिगतमा कस- कसलाई तपाइँले आफ्नो कार्ड दिनुभएको थियो ? कति त याद होला कति त भुलिपनि सकियो होला l कार्डको फोटो मात्रै भए नयाँ सेट मोबाइल आउने भएपछी कतै तपाइको कार्ड कसैले मिसयुज त गरिरहेको छैन नि l कतै तपाइले थाहा नै नपाइ तपाइको नामबाट मोबाइल सेट निस्किएको त छैन नि ? तपाइँ भने पुरानो सेटमा भुलिरहनु भएको छ तर टेलीकमबाट यति रकम तिर्न बाकि भन्दै रूममै बिल आउछ l यति मात्र होइन यदि तपाइको नाममा निस्किएको सिमबाट कुनै किसिमको इन्टरनेट ठगि वा भ्वाइस फिसिंग भएको रहेछ भने त झन बिल मात्र होइन प्रहरीनै रूममा आइपुग्छ l आजकल यस्ता घटना धेरै नेपालीलाई परेको छ l यस्तो ठगि नेपालीले मात्र गर्छ भन्ने छैन lकोरियन तथा अन्य विदेशीले पनि गर्न सक्छ l
ठगिबाट कसरि बच्ने
१. यदि तपाइँ लाइनफोन लिने सोचमा हुनुहुन्छ भने सकेसम्म स्वयम उपस्थित भएर चिनेजानेको मोबाइल बिक्रेताबाट लिने l
२. लाइन फोन लिदा बिक्रेताको सम्पूर्ण डिटेल राख्ने l जस्तै भिजिटिंग कार्ड , फोन नम्बर आदि साथै पसलको फोटो सम्म खिचेर राख्ने l
३ आफु संग घनिष्ट नभएका ब्याक्ति वा संस्थाले कार्ड मागेमा नदिने वा नदेखाउने l
४ . आफ्नो एलिन कार्डको फोटो सामाजिक संजालमा पोस्ट नगर्ने l गर्नै परे नम्बर मेटाएर मात्र पोष्ट गर्ने l बिसेष गरि नयां आउने भाइबहिनीहरुले मेरो त कार्ड बन्यो है भन्दै ग्रुपमा पोस्ट गरेको देखिन्छ l त्यस्तो कहिले नगर्ने l
५ .फेसबुकमा देखेको भरमा नचिनेको मोबाइल बिक्रेतालाई कार्डको फोटो पठाएर रुममै मोबाइल मगाउने काम नगर्ने l
६ कुनै संघ- सस्थाले तपाइको कार्ड माग्यो भने किन मागेको हो बुझेर बिश्वास लागे मात्र दिने l
७ . गिफ्ट पाउने लोभले अनाबस्यक सिमककार्डहरु ननिकाल्ने l
८ बिगतमा कस- कसलाई कार्ड दिइएको थियो याद आएमा कापीको पानामा लेखेर राख्ने l
९ . तपाइको नामबाट कति सिम निस्किएको छ हेर्न मिल्ने हुनाले जानकार साथीभाइको सहायतामा बेला बेला चेक गर्दै गर्ने l सिम निकाल्न नमिल्ने पनि बनाउन मिल्ने हुनाले त्यता तिर पनि ध्यान दिने l
अन्त्यमा
कोरियामा लाइनफोन बिक्रेता नेपाली दाजुभाई दिदीबहिनीहरुलाई सानो अनुरोध ; तपाईहरु मोबाइलको अफर बारे बताउन लाइभ आउदै गर्दा कहिलेकाही यस्ता खालका ठगीका सम्भावनाहरुको बारेमा पनि सचेत गरैदिनुभयो भने यस्ता घटनाहरु केहि रोकिने थिए कि ?