गुल्मी सम्पर्क समिति दक्षिण कोरियाको आठौ अधिबेशन सेक्टेम्बर १० मा हुने

275

गुल्मी सम्पर्क समिति दक्षिण कोरियाको आठौ अधिबेशन सेक्टेम्बर १० अर्थात कोरियन चाड छुसकको दोस्रो दीन हुने भएको छ l “प्रवासमा गुल्मेली एकता , एक आपसमा सहयोग आजको आबस्यकता “भन्ने मूल नाराका साथ कोरियाको राजधानी सियोलमा आयोजना हुने उक्त अधिबेशनको सम्पूर्ण तयारि पुरा भएको समितिका अध्यक्ष चन्द्र रानाले बताउनु भएको छ l

कोरियामा रहेका सम्पूर्ण गुल्मेलिलाई एकतृत बनाइ एक आपसमा सहयोग , सद्वाब र भाइचारा कायम राख्ने उदेश्यले सन् २००७ मा स्थापना भएको यस संस्थाले बिभिन्न संघसंस्थाहरु संग हातेमालो गर्दै सामाजिक क्षेत्रमा उल्लेखनीय कार्यहरु गर्दै आइरहेको छ l

तल उल्लेखित स्थानमा आयोजना हुन लागेको अधिबेशामा कोरियामा रहेका सम्पूर्ण संघ -संस्थाका प्रतिनिधि , बुद्दिजीवी, व्यावसायि ,पत्रकारका साथै कोरियावासी सम्पूर्ण गुल्मेलीहरुलाई उपस्थितिको लागि संस्थाले अनुरोध गरेको छ l कार्यक्रम भौतिक उपश्थितिमा हुने छ l

स्थान – नमस्ते रेष्टुरेन्ट सभाहल , दोंङ्म्यो आफ स्टेसन- ५ नम्बर गेट , दोंदेमुनबाट पैदल ५ मिनेट
मिति – सेक्टेम्बर १० तारिख , छुसकको दोस्रो दीन
समय – साँझ ६ बजे देखि