गुल्मी सम्पर्क समिति दक्षिण कोरियाको अध्यक्षमा गणेश पौडेल निर्वाचित

423

गुल्मी सम्पर्क समिति दक्षिण कोरियाको आठौं अधिबेशन कोरियाको राजधानी सियोलमा गत आइतबार सम्पन्न भएको छ l एनआरएन कोरियाका अध्यक्ष दिपक पुन को प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका अध्यक्ष किशन गौतमको बिसेष आतिथ्यतामा सम्पन्न उक्त अधिबेशनबाट सर्व सहमत रुपमा गणेश पौडेलको नेतृत्वमा १२ सदस्यीय नयाँ कार्यसमिति निर्माण भएको हो l
नव निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन कमिटिका संयोजक किशन गौतमले पदभार ग्रहण गराउनु भएको थियो l

उल्लेखनीय गुल्मेलीहरुको उपश्थितिमा सम्पन्न उक्त अधिबेशनको अध्यक्षता सातौं कार्यसमितिका अध्यक्ष चन्द्र रानाले गर्नु भएको थियो भने कार्यक्रमको संचालन सचिव टिकाराम पन्थीले गर्नु भएको थियो l
सन् २००७ मा दक्षिण कोरियाली भूमिमा स्थापना भएको यस संस्थाले कोरियामा रहेका सम्पूर्ण गुल्मेलिहरुलाई एकतृत बनाउदै उल्लेखनीय सामाजिक कार्यहरु गर्दै आइरहेको छ l

नव निर्वाचित कार्यसमिति यस प्रकार रहेको छ
अध्यक्ष- गणेश पौडेल
व .उपाध्यक्ष – यामु थापा
उपाध्यक्ष – प्रकाश न्यौपाने
उपाध्यक्ष – बिष्णु भण्डारी
उपाध्यक्ष – जीवन न्यौपाने
सचिव – गोविन्द ढकाल
सह -सचिव – भरत खत्री
कोषाध्यक्ष – टँक राना
सदस्य – ॠषिराम भण्डारी
सदस्य – जीवन ढकाल
सदस्य – भिष्म भण्डारी
सदस्य – तोलजित गाहा