चलचित्र जारीको सिओल शो पुनः हुने, आयोजकले माग्यो क्षमा

365

दक्षिण कोरियाको राजधानी सिओलमा गत आइतबार नेपाली कथानक  चलचित्र “जारी” प्रदर्शनको क्रममा केहि प्राबिधिक त्रुटी भएको भन्दै आयोजकले क्षमा मागेको छ l

इ-कोरिया इन्टरटेन्मेन्टको आयोजनामा सामाजिक कथावस्तुमा आधारित उक्त चलचित्र गत आइतबार दक्षिण कोरियाको दोङ्देमुन नजिकै रहेको हलमा हाउसफुलका साथ प्रदर्शन गरिएको थियो l तर उक्त चलचित्र प्रदर्शनको क्रममा आवाज तथा भिडियो समेत नबुझिएको भन्दै उपस्थित दर्शकहरुबाट ब्यापक आलोचना भएको थियो l

आयोजकले ब्याबस्थापन राम्रो गर्न नसकेको भन्दै सामाजिक संजालहरुबाट चौतर्फी आलोचाना हुन थालेपछि आयोजक “इ-कोरिया इन्टरटेन्मेन्ट” ले  एक बिज्ञप्ति प्रकाशित गर्दै दर्शकलाई दुख दिने कुनै पनि मनसाय नभएको स्पस्ट पारेको छ  र साथै टिकट काटेर पनि राम्रो संग हेर्न नपाउनु भएका दर्शकहरुलाई सुबिधा सम्पन्न तरिकाले सिओल शो पुनःआयोजना गर्ने पनि बताएको छ l
प्रकाशित बिज्ञप्ति