दक्षिण कोरियले प्रवासी श्रमिकको बसाइ अबधि लम्ब्याउने सम्बन्धि कानुन संशोधन गर्दै

1022
Seou, South Korea city skyline at twilight.

किशन गौतम , दक्षिण कोरिया

दक्षिण कोरियाको श्रम मन्त्रालयले इपिएस प्रणाली मार्फत कोरिया प्रवेश गरेका प्रवासी श्रमिकको बसाइ अबधि लम्ब्याउने सम्बन्धि कानुन संशोधन गर्ने भएको छ l
आगामी जुन महिनामा संशोधन गर्न लागीएको प्रस्तावित नियमानुसार तोकिएका केहि शर्तहरु पुरा भएमा प्रवासी श्रमिकहरु लगातार रुपमा १० बर्ष सम्म कोरिया बस्न पाउने छन l
हाल सम्मको नियम अनुसार इपिएस श्रमिकले पाँच बर्ष कार्यावधि सकिएपछी तोकिएका केहि शर्तहरु पुरा गरेमा कमिटेड कामदारको रुपमा पुनः ५ बर्षको लागी कोरिया प्रवेश गर्न पाउछन l अब हुने संसोधित नियमानुसार लगातार १० बर्ष सम्म कोरियामा काम गर्न पाउने छन l
यसरि लगातार १० बर्ष बस्नको लागी भने बिभिन्न शर्तहरु तोकिने छ l जस्तै उत्पादनमुलक क्षेत्र तर्फ : पहिलो कम्पनीमा लगातार २४ महिना वा कम्पनि परिबर्तन गरिसकेपछि अर्को कम्पनीमा लगातार ३० महिना सम्म काम गरेको हुनु पर्ने छ l त्यसैगरी कृषि क्षेत्र तर्फ पहिलो कम्पनीमा लगातार १८ महिना भन्दा बढी काम गरेको हुनु पर्ने छ l
त्यो भन्दा थप बसाइ अबधि लम्ब्याउनका लागी भाषागत दक्षता , सामाजिक सेवा आदि योग्यताहरुलाई प्रस्तावका रुपमा अगाडी ल्याइएको भएतापनि के कस्ता शर्तहरु लागुगर्ने भन्ने वारेमा हाल सम्म स्पस्ट खुलाइएको छैन l
यसैबीच प्रवासी श्रमिक युनियनले एक बिज्ञप्ति जारि गर्दै भनेको छ ” कोरियामा लामो समय बस्न पाउने नियम आउनु राम्रो पक्ष हो तर स्व- इच्छाले कार्यस्थल परिवर्तन गर्न नपाउने हुदा यसले श्रमिकहरुमा झन समस्या निम्त्याउने छ l त्यसकारण स्वतन्त्र रुपमा कार्यस्थल परिबर्तन गर्न पाउने तथा परिबार ल्याएर संगै बस्न पाउने गरि वर्क परमिट सिस्टम लागु हुनु पर्दछ  ”