दक्षिण कोरियाको जन्मदर लगातार घट्दो क्रममा

605

दक्षिण कोरियामा केहि बर्ष देखि लगातार घट्दै गएको जन्मदर सन २०२२ मा पनि घटेको छ l

कोरिया तथ्यांक विभागका अनुसार नयाँ जन्मेका शिशुको संख्या सन् २०२२ सम्म आइपुग्दा गातार तेस्रो पटक घटेको हो l हाल जन्मभन्दा मृत्युको संख्या बढेको छ।

गत वर्ष कुल २ लाख ४९ हजार नयाँ शिशुहरू जन्मेका थिए, जुन सन् २०२१ को तुलनामा ४ .४ प्रतिशतले घटेको हो l

देशको कुल प्रजनन दर, एक महिलाले आफ्नो जीवनकालमा जन्माउने बच्चाको औसत संख्या २०२२२ मा ०.७८ झरेको छ । यो दर तथ्याङ्क निकायले सम्बन्धित तथ्याङ्क संकलन गर्न थालेपछि सबैभन्दा कम हो ।

गत वर्ष लगातार पाँचौं वर्ष यो दर एक भन्दा तल थियो । कोरियाको जनसंख्या ५ करोड २० लाखमा स्थिर राख्न यो दर कम्तिमा २.१ हुनुपर्छ भन्ने विज्ञहरूको भनाइ छ l
आर्थिक मन्दी र घरको उच्च मूल्यका कारण धेरै युवाहरूले सन्तान जन्माउन ढिलाइ गर्ने वा छाड्ने भएकाले कोरियामा बच्चा जन्माउनेमा लामो समयदेखि गिरावट आएको छ।

यसलाई प्रतिबिम्बित गर्दै सन् २०२२ मा बच्चा जन्माउने आमाको औसत उमेर ३३.५ पुगेको थियो, जुन अघिल्लो वर्षको तुलनामा ०.२ बढी हो ।

तथ्यांकअनुसार कोरियन महिलाहरूले आफ्नो पहिलो बच्चालाई औसतमा ३३ बर्षको उमेरमा जन्म दिएका छन भने त्यसपछि दोस्रो र तेस्रो क्रमशः ३४.२ र ३५.६ को उमेर समुहमा जन्म दिएका छन l
अर्कोतर्फ, मृत्युको संख्या २०२२ मा ३ लाख ७२ हजार ८ यस पुगेको छ l जुन एक वर्ष अघिको तुलनामा १७.४ प्रतिशतले बढेको हो ।

त्यसैगरी गत डिसेम्बर सम्म आइपुग्दा सन् २०२२ मा विवाहको संख्या ०.६ प्रतिशतले बढेर १९हजार ८सय ८३ पुगेको छ भने सम्बन्धविच्छेद १०.४ प्रतिशतले बढेर ७हजार ८सय २१ पुगेको तथ्यांकले देखाएको छ।