दक्षिण कोरियाको ह्वासंङमा दूतावासको घुम्ती सेवा तथा श्रम अन्तरक्रिया कार्यक्रम सम्पन्न

407

दक्षिण कोरियाको ह्वासंङ स्थित फारानमा गत आइतबार कोरिया स्थित नेपाली राजदूतावासको घुम्ती सेवा सम्पन्न भएको छ l ह्वासंङ नेपाली परिवारले सहजीकरण गरेको उक्त कार्यक्रमा दूतावासले राहदानी नविकरण , श्रम सम्बन्धि परामर्श तथा बिबिध अन्तरक्रियाको आयोजना गरेको l


सोहि अवसरमा कोरियाको प्रहरी अफिसर सम्झना राइले कोरियाको प्रहरी नियम र कानुन वारे जनाकारी गराउदै हरेक स्थानमा कसरि सतर्क रहने भन्ने वारेमा बताएकी थिइन l
उल्लेखनीय नेपालीहरुको उपश्थिति रहेको उक्त कार्यक्रममा ४५ जना भन्दा धेरैले पासपोर्ट नवीकरणको सुबिधा लिएका थिए l
दूतावासबाट पाल्नु भएकी श्रम कन्सुलर चन्द्रकला ओलीले सामाजिक सुरक्षा कोषबाट प्राप्त गर्न सकिने फाइदाहरु , पुनः श्रम स्वीकृति कसरि लिने , कोरियाबाट फर्किएपछी कसरि उधमशिल बन्ने आदि बिषयमा जानकारी गराएकी थिइन l
राजदूतावासबाट श्रम कन्सुलर चन्द्रकला ओली , द्वितीय सचिव सुर्य थापा लगाएत ४ जना कर्मचारीको उपश्थिति रहेको थियो l
राहदानी नवीकरण लगाएतका सेवाको लागी ब्याबस्था मिलाएर आवस्यक सहजिकरण गरिदिएकोमा ह्वासंङ नेपाली परिवारलाई उपश्थित सबैले धन्यवाद ब्याक्त गरेका थिए l