दक्षिण कोरियामा इ -९ भिसाका इपिएस श्रमिक लगातार १२ बर्ष बस्न पाउने नियम लागु हुदै

8600
The American Visa in a passport page (USA) background

दक्षिण कोरियामा इ -९ भिसा वाहक इपिएस श्रमिक लगातार १२ बर्ष सम्म बस्न पाउने नियम लागु हुने भएको छ l

कोरियाको न्याय मन्त्रालयमा अध्यागमन शिक्षकको रुपमा कार्यरत लाक्पा सेर्पाले आफ्नो आधिकारिक फेसबुक पेज TDNK मार्फत सो कुराको जानकारी गराएका हुन l

कोरिया सरकारले उक्त नियम ल्याउन लागेको भएतापनि कहिले देखि र कस्तो तरिकाले लागु हुन्छ भन्ने वारेमा भने स्पस्ट खुलाएका छैनन् l

हाल सम्मको नियमानुसार इपिएसबाट आउने श्रमिकले इ -९ भिसामा दुइ कार्यकाल गरेर ९ बर्ष ८ महिना मात्र बस्न पाउछन l कोरोना महामारीको समयमा सरकारले १ बर्ष थप बसाइ अबधि लम्ब्याएको थियो l बिस्तृत जानकारिको लागी हेर्दै गर्नुहोला हेल्लो नेपाल कोरिया डट कम