दक्षिण कोरियामा टाइफुन खानुनको बितण्डा: सयौं उडानहरु रद्व , हजारौं मानिसलाई सुरक्षित स्थानमा सारियो

390

 

दक्षिण कोरियामा बिहिबार टाइफुन खानुनका कारण भएको भारी वर्षा र तीव्र हावाका कारण यहाको जनजीवन अस्तव्यस्त बनेको छ l ठाउ ठाउमा पहिरो गएको छ भने डुवानका कारण सयौं भौतिक संरचनाहरुमा क्षति पुगेको कोरियाली संचार माध्यमहरुले बताएका छन l

आँधीका कारण देशका कुल १४ विमानस्थल बाट ३ सय ५५ उडानहरू, १६१ बटा KTX उच्च-स्पीड ट्रेनहरू र २५१ नियमित रेलहरू , ४९० सडकहरू, १६६ तटीय क्षेत्रहरू, १७८ समुद्री मार्गहरू र २१ राष्ट्रिय निकुञ्जहरू राष्ट्रव्यापी रूपमा बन्द गरिएको छ l
त्यसैगरी कोरियामा चलिरहेको २५ औं विश्व स्काउट जाम्बोरीमा भाग लिने स्काउटहरूका लागि तयार गरिएका सबै बाहिरी कार्यक्रमहरु स्थगित गरि इन्डोरको रुपमा संचालन गरिएको छ l

बुसान मेट्रोपोलिटन सिटी फायर डिपार्टमेन्टका अनुसार आँधीका कारण दक्षिणपूर्वी बन्दरगाह तथा बुसानको सडकमा सडकका रूखहरू ढलेका छन l
आँधीका कारण कुनै मानविय हताहतीको रिपोर्ट आएको छैन तर सरकारी तथ्याङ्क अनुसार बिहान ११ बजेसम्म १०हजार ६ सय ४१ जनालाई आपतकालीन आश्रयस्थलमा सारिएको छ। बुयोको केन्द्रमा बिहीबार बिहान सडकमा खसेको रूखले ठक्कर दिएपछि ३० वर्षकी एक महिलालाई अस्पताल लागिएको थियो l

आँधीका कारण कुल १हजार ५ सय ७९ किन्डरगार्टेन, प्राथमिक, माध्यमिक र उच्च माध्यमिक विद्यालयका कक्षाहरू स्थगित गरि अनलाइन कक्षाहरूमा सारिएका छन्।

बिहान ९ बजेर २० मिनेट जादा गजेदो क्षेत्र नजिकै दक्षिणपूर्वी तटमा अवतरण गरेको खानुनले अन्तरदेशीय क्षेत्रलाई लामो समयसम्म क्षति पुर्याएको छ भने उक्त आंधी राति ९ बजेतिर सियोलको ४० किलोमिटर पूर्व-दक्षिणपूर्व पुग्ने कोरिया मौसम प्रशासन (केएमए)ले जनाएको छ ।

दिउँसो मध्यान्ह तिर , यो दक्षिणपूर्वी सहर थेगुबाट २० किलोमिटर दक्षिणमा रहेको स्थानमा ३८ किलोमिटर प्रतिघण्टाको गतिमा उत्तरतर्फ लाग्ने छ l, केएमएले यसको केन्द्रीय चाप ९८० हेक्टोपास्कल रहेको उल्लेख गर्दै अधिकतम १०४ किलोमिटर प्रतिघण्टा हावाको गति रहेको जनाएको छ।