दक्षिण कोरियामा समलिङ्गी जोडीले पनि प्राप्त गर्ने भए यस्तो सरकारी सेवा

208

दक्षिण कोरियाको उच्च अदालतले मंगलबार समलिङ्गी विवाह गर्ने पुरुष पति वा पत्नीलाई आफ्नो पार्टनरको सदस्यता अन्तर्गत राष्ट्रिय स्वास्थ्य बीमा कभरेजको लागि योग्य भएको फैसला सुनाएको छ l
समलिङ्गीले प्राप्त गर्ने सरकारी लाभ प्रणालीको एउटा ऐतिहासिक फैसलामा जसले विषमलिङ्गी विवाह गर्नेहरू जस्तै समलिङ्गी विवाह साझेदारहरूको अधिकारलाई मान्यता दिएको योंहाप समाचार एजेन्सीले उल्लेख गरेको छ l

दक्षिण कोरियामा विवाहलाई पुरुष र महिलाबीचको मिलन मानिन्छ र समलिङ्गी जोडीहरूमा यो अवधारणा विस्तार गर्ने कुनै कानुनी आधार छैन भन्ने तल्लो अदालतको निर्णयलाई उल्टाउँदै सियोल उच्च अदालतले ऐतिहासिक निर्णय सुनाएको हो l
तल्लो अदालतले समलिंगी दम्पतीको विवाहलाई मान्यता नदिएपछि विवाह भनेको महिला र पुरुषबीचको मिलन हो भनी उल्लेख गर्दै दुवै दम्पतीले छुट्टाछुट्टै रकम तिर्नुपर्ने बाध्यता थियो ।

अदालतले भनेको छ कि यो निर्णय देशमा पहिलो हो जसले राष्ट्रिय स्वास्थ्य बीमाको लागि आश्रित योग्यको रूपमा समलिङ्गी पार्टनरको स्थितिलाई मान्यता दिन्छ, तर समलिङ्गी विवाहको “कानूनी स्थिति” लाई मान्यता दिने मामला भने होइन ।