दक्षिण कोरियामा सुतेकै अबस्थामा एक नेपाली मृत फेला

2270

दक्षिण कोरियामा रोजगारीको लागी इपिएस मार्फत आएका एक नेपाली सुतेकै अबस्थामा मृत फेला परेका छन्

नेपाल घर लमजुङ भै हाल कोरियाको योंगिन शहर नजिकै एक टायल कम्पनीमा कार्यरत टिकराज चिलवाल शनिवार राति खाना खाएर संगै सुतेको अवस्थामा राती लामो सास फेरेको थाहा पाएपछी संगैका साथीहरुले उठेर के भयो भनी सोधेको र जवाफ नआएपछी हतार हतार एम्बुलेन्स बोलाई नजिकैको अस्पताल पुर्याउँदा अस्पतालले मृ’त घोषणा गरेको संगै कार्यरत नेपालीले बताए l
पहिलो कार्यकाल सकेर पुन: कोरिया आएको १० महिना मात्र भएको उनको बिगतमा भने त्यस्तो कुनै समस्या नदेखिएको संगै कार्यरत साथीले बताए l मृतक चिलावाल विवाहित भएको र दुइ छोरी समेत र रहेको बुझिएको छ l

हाल मृतकको शव प्रहरीले योङ्गिनको एक अस्पतालमा राखेको छ ।

घटनाको बिषयमा सियोल स्थित नेपाली दुतावासमा सम्पर्क गर्दा उक्त घटनाको जानकारी आइसकेको र बिष्तृत बिबरण प्रहरी बाट बुझेर शव नेपाल पठाउने , क्षतिपुर्तिको लगायत सबै कुराहरुको सहजीकरण दुतावासले गर्ने श्रम कन्सुलर चन्द्रकला ओलीले बताउनु भयो l