दक्षिण कोरियामा हिन्नामनोर नामक सामुद्रिक आँधीको बितण्डा ,मंगलबार अझै उग्र रुप लिन सक्ने

817

दक्षिण कोरियाको दक्षिणपूर्वी समुन्द्रबाट निस्किएको टाइफुन हिन्नामनोर कोरिया नजिकिदै गर्दा यसको अत्यधिक प्रभाव देखा परेको छ l
कोरिया मौसम प्रसासन (केएमए ) का अनुसार सोमबार बेलुका ८ बजे सम्म जेजु टापुबाट १४० किलोमिटर दक्षिणमा रहेको टाइफुन हिन्नामनोरका कारण देशका अधिकांश भूभागमा भारी वर्षा र हावाहुरीको प्रभाव देखिएको छ । सोमबार साँझ जेजुमा प्रतिघण्टा ४० मिलिमिटरसम्म वर्षा भएको थियो भने देशका बाँकी भागमा ५ मिलिमिटरदेखि २० मिलिमिटरसम्म वर्षा भएको थियो ।

जेजु टापुको सामगाकबोङ शिखरमा आइतवारदेखि सोमबार बिहानसम्म ३५२ मिलिमिटरभन्दा बढी वर्षा भएको छ। सोमबारदेखि मंगलबारसम्म देशको सबैभन्दा बढी जेजु पहाडमा ६०० मिलिमिटरभन्दा बढी वर्षा हुने र बाँकी भूभागमा १०० देखि ३०० मिलिमिटरसम्म पानी पर्ने केएमएले जनाएको छ ।

भारि वर्षा सहितको शक्तिशाली आँधीबेहरी मंगलबार सम्म निरन्तर रहने अनुमान गरिएको छ l जसले दक्षिण जेओला प्रान्त, दक्षिण ग्योङसाङ प्रान्त र जेजु टापुको तटीय क्षेत्रहरूमा धेरै उच्च छालहरू आउन सक्ने भन्दै केएमएले पुर्व सचेतना जारि गरेको छ l
सोमबार दिउँसो, जेजु क्षेत्रका सडक छेउछाउमा रहेका रूखहरू ढलेका थिए l सडक , नाली सुरुङहरूमा बाढीले भरिएको छ भने जेजु अन्तर्राष्ट्रिय विमानस्थलबाट आउने र जाने सबै उडानहरू दिउँसो २ बजेबाट बन्द गरिएको छ l
आंधीको उच्च जोखिम क्षेत्रमध्येको बुसान, क्षेत्रका प्रमुख बन्दरगाह बन्द गरिएको छ भने पहिरो र बाढीको जोखिममा रहेका क्षेत्रका करिब १३० बासिन्दालाई सोमबार साँझसम्म आफ्नो घरबाटसुरक्षित स्थानमा सारिएको छ lयसअघि सोमबार नगर सरकारले ६९० घरधुरीका करिब १ हजार बासिन्दालाई आफ्नो घर छाड्न सल्लाह दिएको थियो ।

हिन्नामोरको टाइफुन मंगलबार दिउँसो १ बजे जेजु टापुको पूर्वी किनारहरू पार गर्ने अनुमान गरिएको छ साथै मंगलबार बिहान बुसान क्षेत्रमा उक्त आँधीले अप्रत्यासित क्षति पुर्याउन सक्ने केएमएले बताएको छ l