दक्षिण कोरियामा E7-4 भिसाको लागी थप सहज , कोटा पनि बढ्ने

1379

दक्षिण कोरियाको न्याय मन्त्रालयले दीर्घकालीन रोजगारीको ग्यारेन्टी गर्ने E-7-4 दक्ष कामदार भिसाका लागि आवश्यकताहरू सहज बनाउने भएको छ l मन्त्रालयका अधिकारीहरुका अनुसार यस बर्ष यसको कोटा पनि थप हुने छ l

उद्योग र स्थानीय सरकारहरूले च्ररम श्रम अभाव हुँदै गैरहेको बीचमा विदेशी प्राविधिकहरूको लागि भिसा आवश्यकताहरू सहज बनाउनको लागि आह्वान गरेपछि यो कदम आएको हो ।

हालको नियमअनुसार कोरियामा पाँच वर्षदेखि कानूनी रूपमा काम गरेका विदेशी कामदारहरूले E-7-4 भिसाका लागि आवेदन दिन सक्नेछन् । अब यो आवश्यकतालाई चार वर्षमा झार्ने मन्त्रालयले जनाएको छ ।

कोटा पनि बढ्नेछ । यस वर्षको कोटा पहिले नै ५ हजार तोकिएको भए पनि मन्त्रालयले यो वर्षको अन्त्यको सट्टा जुलाईमा ५ हजारलाई भिसा दिने कार्यलाइ  तीव्रता दिने र वर्षको उत्तरार्धमा भिसा प्राप्त गर्नेको संख्या विस्तार गर्ने बताएको l

E-7-4 भिसा प्राप्त गर्नेहरूको संख्या २०२० मा १ हजार ,  २१ मा १२ सय ५० , २०२२ मा २ हजार र यो वर्ष ५ हजार गरि लगातार बढ्दै गएको छ।

अघिल्लो वर्षको तुलनामा यस वर्षको कोटा २ दशमलव ५ गुणाले बढाइएको छ  । यदि मन्त्रालयले वर्षको अन्त्यसम्ममा थप भिसा प्राप्तकर्ताहरू थपेमा यो संख्या अघिल्लो वर्षको तुलनामा तीनदेखि चार गुणाले बढ्ने अनुमान गरिएको छ।

‘यस वर्षको कोटा बढाउन सम्बन्धित मन्त्रालयसँग परामर्श गर्नेछौं,’ मन्त्रालयका एक अधिकारीले भने । “हामी कोरियाली नागरिकहरूको रोजगारीका अवसरहरूलाई असर नगरी उद्योगहरूले सामना गरिरहेका श्रम अभावका मुद्दाहरूमा सक्रिय रूपमा प्रतिक्रिया दिनेछौं।”

E-7-4 भिसाका लागि आवेदन दिन चाहने विदेशी कामदारहरूले मंगलबारदेखि जुलाई ५ सम्म आवेदन दिन सक्छन्। थप जानकारीको लागि hikorea.go.kr मा हेर्न सकिने छ l