दक्षिण कोरियाले बिदेशी आश्रितहरूका लागी स्वास्थ्य बिमामा कडाइ गर्ने

436

कोरियाले बीमा खर्चलाई नियन्त्रण गर्न र राज्यको स्वास्थ्य सेवा प्रणालीको अविवेकी दुरुपयोगलाई रोक्न विदेशी नागरिकका आश्रितहरूका लागि राष्ट्रिय स्वास्थ्य बीमा कभरेजमा मापदण्ड कडा बनाउने योजना बनाएको छ।

 

राष्ट्रिय स्वास्थ्य बीमा सेवा (NHIS) ले बुधबार जनाए अनुसार संशोधित राष्ट्रिय स्वास्थ्य बीमा ऐन अन्तर्गत विदेशी नागरिकहरूका साथै विदेशमा बसोबास गर्ने कोरियालीहरूका आश्रितहरूले छ महिनाभन्दा बढी कोरियामा बस्नु परेमा राष्ट्रिय स्वास्थ्य बिमामा अनिवार्य दर्ता हुनु पर्ने छ । उक्त नियम आगामी अप्रिल ३ देखि लागू हुनेछ।

संशोधन अघि, आश्रितहरू , विदेशी वा कोरियाली नागरिकहरू जो तलब पाउने कामदारको पति वा पत्नी, बच्चा वा अन्य नजिकका परिवारका सदस्यहरू हुन , स्वास्थ्य लाभहरूका लागि बिमामा सुचिकृत हुन अनिबार्य थियो l

यसको अलावा यहाँ आइपुगेपछि कूटनीतिज्ञ वा व्यवसायीहरूको परिवारका सदस्यहरूलाई बीमा दर्ता हुनु अनिबार्य छ त्यसैगरी नाबालिगहरू (१९ वर्ष मुनिका), पति-पत्नी, साथै D-2 वा D-4-3 प्राप्त गरेका विदेशी नागरिकहरूलाई राष्ट्रिय बिमामा दर्ता हुनु पर्ने छ l विद्यार्थी भिसा, E-9 आप्रवासी कामदार भिसा, F-5 स्थायी निवासी भिसा र F-6 विवाह भिसा सबैले उक्त सेवाबाट तत्काल स्वास्थ्य हेरचाह लाभहरू प्राप्त गर्न सक्नेछन l