दक्षिण कोरिया प्रवेश गर्दा यात्रुले पिसिआर जांचको रिपोर्ट देखाउन नपर्ने

279

विदेशबाट दक्षिण कोरिया प्रवेश गर्दा कुनै पनि यात्रुले पिसिआर जाचको रिपोर्ट देखाउन नपर्ने भएको छ l स्वास्थ्य बिभागाका अनुसार यहि सेक्टेम्बर ३ तारिख राति १२ बजे देखि उक्त नियम लागु हुनेछ l तर कोरिया प्रवेश गरिसकेपछि १ दीन भित्र अनिबार्य पिसिआर जांच गर्नु पर्ने नियम भने यथावत राखेको छ l

यस भन्दा पहिला कोरिया प्रवेश गर्ने कुनै पनि यात्रुले प्रवेश गर्नुको २४ घण्टा पहिले पिसिआर परिक्षण गरि नेगेटिभ रिजल्ट आएमा मात्र प्रवेश अनुमति थियो l

कोरोनाको महामारी केहि कम भएसंगै हाल दक्षिण कोरिया सामान्य जनजीवन तर्फ फर्किरहेको l सरकारले क्वारेन्टाइनको ब्याबस्थालाइ खुकुलो बनाएसंगै बिदेशी पर्यटकहरु भित्रिने क्रम पनि बाक्लिएर गएको छ l