दक्षिण कोरिया भित्रिने पर्यटकको संख्या दोब्बरले बृद्वी

390
Seoul, South Korea - October 16, 2017: Passenger terminal of Incheon International Airport, the largest airport in South Korea and the region.

किशन गौतम ,दक्षिण कोरिया 

लामो समयको कोरोना महामारी पश्चात सामान्य जनजीवनमा फर्किन थालेको दक्षिण कोरियामा बिदेशी पर्यटकको संख्या नाटकीय रुपमा बृद्वी हुन थालेको छ l
कोरिया टुरिजम अर्गनाइजेसन (केटीओ) ले शुक्रबार सार्वजनिक गरेको एक तथ्याङ्कअनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा अगस्टमा कोरिया प्रवेश गर्ने विदेशी पर्यटकको संख्या दोब्बरले बढेको हो ।

केटिओका अनुसार गत महिना ३ लाख १० हजार ९ सय ४५ विदेशी आगन्तुकहरुलाई दक्षिण कोरियाले स्वागत गरेको छ l जुन संख्या अगस्त २०२१ को तुलनामा दोब्बर भन्दा बढी हो । संगठनले गत महिना दिइएको भिसा छूट उपाय पछि नाटकीय वृद्धि भएको बताएको छ, जसमा सरकारले छोटो अवधिको लागि भिसा-रहित आगमनहरू स्वीकार गर्न थालेको छ। जापान, ताइवान र मकाउ बाट विशेष प्रशासनिक क्षेत्रका राहदानी बाहक आगन्तुकहरु पर्ने गरेका छन् l

संयुक्त राज्य अमेरिका बाट मात्र ५० हजार भन्दा धेरै आगन्तुकहरूको कोरिया भित्रिएका छन् । यो संख्या २०२१ को सोही अवधिको तुलनामा १४४.६ प्रतिशतले बढेको छ। चीन र जापान क्रमशः ३०,२४८ र २६,४८२ यात्रुहरूको साथ दोस्रो र देस्रो सुचिमा छन l

वृद्धि दर जापानी यात्रुहरू सबैभन्दा उच्च छ गत महिना कुल २६,४८२ जापानी नागरिकले कोरिया भ्रमण गरेका थिए, जुन अघिल्लो वर्षको तुलनामा दोब्बर भन्दा बढी हो l