धरपकडको अवधिमा भिसा बिहिन १३ हजार आप्रवासीले कोरिया छाडे

2465
Seou, South Korea city skyline at twilight.

दक्षिण कोरियाले जारि गरेको धरपकड अवधिको २ महिनामा १३ हजार भिसा बिहिन आप्रवासीले कोरिया छाडेका छन् l
कोरियाको न्याय मन्त्रालयका अनुसार बिगत २ महिनामा धरपकड तथा स्वैच्छिक प्रस्थान कार्यक्रमबाट उक्त संख्यामा आप्रवासीले कोरिया छाडेका हुन l
कोभिड–१९ का कारण धेरै जना कोरिया बाट नाफर्किएपछी सरकारले गत अक्टोबर देखि यहाँ अवैध रूपमा बसोबास गर्ने वा काम गर्ने विदेशीमाथि धरपकड सुरु गरेको थियो l

मार्च २ देखि अप्रिल ३० सम्मको पछिल्लो धरपकड मुख्यतया मनोरन्जन सेवाहरू, र स्थानीय मानिसहरूको रोजगारी रोकिने स्थानहरु , रेस्टुरेन्ट , डेलिभरी उद्योगहरू, तथा सामाजिक हानि पुऱ्याउन सक्ने क्षेत्रहरूमा सञ्चालन गरिएको थियो l मन्त्रालयले उल्लेख गरेको छ l

कुल ७ हजार ५ सय ७८ जना कागजातविहीन आप्रवासी कामदारहरू क्र्याकडाउनमा पक्राउ परेका थिए, र तीमध्ये ६ हजार ८ सय ६३ जना लाई जबरजस्ती देश छोड्न आदेश दिइएको थियो l अन्य २सय ८ जनालाई जरिवाना गरिएको छ र बाँकी लाइ अनुसन्धानमा राखिएको बताएको छ l

मन्त्रालयला अनुसार थप ५ हजार २ सय ४७ गैरकानुनी आप्रवासीहरूले स्वैच्छिक प्रस्थान कार्यक्रम मार्फत देश छोडेका छन्, जसमा जरिवाना छुट र प्रवेश प्रतिबन्धको निलम्बन दिइएको छ ।

साथै, १२जना अवैध रोजगार दलाल तथा काममा लिने १,७०१ रोजगारदातालाई जरिवाना गरिएको छ।

यस वर्षको सुरुदेखि नै सञ्चालनमा रहेको नियमित अवैध बसाइ क्र्याकडाउन प्रणालीमार्फत अप्रिलसम्ममा अवैध आप्रवासीको संख्या २५ हजारले घटाएको मन्त्रालयले जनाएको छ ।

न्याय मन्त्रालयले जारी गरेको धरपकडको अवधि गत अप्रिलको अन्तिम साता  देखि अन्त्य भएको छ भने अव  पुनः धरपकडलाइ अगाडि बढाउने वा अन्य बिधि अपनाउने भन्ने वारेमा हाल सम्म कुनै सुचना जारी गरेको छैन ।