नवजात दुइ शिशुको हत्या गरि ४ बर्ष देखि शवलाई फ्रीजमा लुकाएको आरोपमा एक कोरियन महिला पक्राउ

1411
तस्विर योंघाप

किशन गौतम ,दक्षिण कोरिया

आफ्ना दुई नवजात शिशुको हत्या गरी शव घरको फ्रिजमा लुकाएको  आरोपमा पक्राउ परेकी आमाले जन्मेको एक दिनपछि दुवैको घाँटी थिचेर हत्या गरेको प्रहरीले शुक्रबार जनाएको छ ।

३० वर्षकी महिलाले आर्थिक कठिनाइका बीचमा यो अपराध गरेको र आफूले गर्भपतन गराएको विश्वासमा श्रीमानलाई धोका दिएको पनि प्रहरीले पत्ता लगाएको छ । प्रहरीले पतिलाई उनको अपराधमा सहायक भएको आरोपमा अनुसन्धान गरेतापनि उनीमाथि आरोप लगाउने निर्णय भने नगरेको जनाएको छ l

समाचार एजेन्सी योंघापका अनुसार सन् २०१८ र २०१९ मा जन्मेको केही समयपछि नै आफ्ना दुई बच्चालाई घाँटी थिचेर हत्या गरेको र सियोलबाट ३० किलोमिटर दक्षिणमा सुवनमा रहेको आफ्नो अपार्टमेन्टको फ्रिजमा शव राखेको आरोपमा आमालाई गत हप्ता पक्राउ गरिएको थियो ।

शुक्रबार, ख्याङ्गी नाम्बु प्रान्तीय प्रहरी एजेन्सीले संदिग्धलाई हत्या र शव लुकाउने अभियोगमा पक्राउ गरि मुद्वा चलाएको छ lअभियोजकको कार्यालयमा पठाउनका लागि सुवन नम्बु प्रहरी चौकीबाट बाहिर निस्किएपछि उनले पत्रकारहरूसँग कुनै टिप्पणी गरिनन् ।

शंकास्पद व्यक्तिले जन्मेको एक दिनपछि दुवै शिशुको हत्या गरेको प्रहरीले खुलासा गरेको छ । महिलाले सन् २०१८ को नोभेम्बर ३ मा जन्माएको छोरीलाइ घर ल्याएको भोलिपल्ट उनको घाँटी थिचेर हत्या गरेको स्वीकारेकि छन l

त्यसपछि उनले नोभेम्बर १९, २०१९ को मध्याह्नमा एक छोरालाई जन्म दिइन् र भोलिपल्ट राति अस्पतालबाट घर जाने क्रममा उनको हत्या गरेकी थिइन l

शिशुको शव क्रमशः चार वर्ष सात महिना र तीन वर्ष सात महिना फ्रिजमा राखिएको प्रहरीले जनाएको छ । शव फ्रिजमा राख्नुको पछाडि कुनै विशेष कारण नभएको संदिग्ध महिलाले बताइन् ।

तीन सन्तान हुर्काउँदा आर्थिक कठिनाइका कारण नवजात शिशुको हत्या गरेको स्वीकार गरेकी महिलाले श्रीमानलाई दुईवटा गर्भपतन गरेको भन्दै झुटो बोलेको प्रहरीलाई बताइन् l
दक्षिण कोरियाको फौजदारी ऐनले बालहत्या गर्नेलाई १० वर्षसम्म कैद र हत्याको कसुरमा मृत्युदण्ड, आजीवन कारावास वा कम्तीमा पाँच वर्षसम्म कैदको व्यवस्था गरेको छ ।

तस्विर योंहाप