नवनियुक्त राजदुत ज्योति प्याकुरेल सेक्टेम्बर ६ मा कोरिया आइपुग्ने

345

दक्षिण कोरियाका लागी नेपाल सरकार द्वारा हालै नियुक्त राजदुत प्रा.डा. ज्योति प्याकुरेल भण्डारी यहि सेक्टेम्बर ६ तारिख आफ्नो कार्यभार सम्हाल्न कोरिया आइपुग्ने भएकी छन l

कोरियास्थित नेपाली दुतावासले आज एक सुचना जारि गर्दै नवनियुक्त राजदुत उक्त दीन बिहान ६ बजे  थाई एयर मार्फत कोरियाको इन्छन बिमानस्थलमा आइपुग्ने बताएको छ l

प्रा.डा. प्याकुरेललाई गत साउन १८ मा मन्त्रिपरिषद्कोको सिफारिसमा राष्ट्रपति बिध्यादेबी भण्डारीले दक्षिण कोरियाको लागी आवासीय राजदूतमा नियुक्त गरेकी थियिन l