नेपालीहरुको बाक्लो उपस्थितिमा कोरियामा पनि मनाइयो संविधान दिवस

295
  • दक्षिण कोरियामा पनि संविधान दिवस मनाइएको छ।  नेपाली राजदूतावास सउलको आयोजनामा राजदूतावास प्राङ्गणमा  आयोजित उक्त समारोहको उद्घाटन  नवनियुक्त राजदूत डा.ज्योति प्याकुरेले गरेकी थिइन्। संविधान दिवसको अवसर पारेर दूतावासले आयोजना गरेको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत प्याकुरेलले सबैलाई स्वागत गरेकी थिइन्।  उनले  नेपालले अब बिकासको गति समातेको बताउँदै अब पछाडी फर्कन नसक्ने बताईन् ।
    नेपाली साँस्कृतिक  नित्य र गित संगितको मनोरन्जनात्मक वातावरणमा सम्पन्न कार्यक्रम केहि अव्यवस्थित भने थियो। दूतावास स्रोतका अनुसार बोलाएका अतिथीहरू भन्दा बढिको सहभागिता भएपछि केहि अव्यवस्थित भएको हो । कार्यक्रममा कोरियन अतिथिहरू बोलाएको भएपनि उनिहरूलाई स्वागत तथा परिचयको कुनै कार्यक्रम नगरेको ,नेपाली भाषामा मात्र भाषण गरेपछि उनिहरूले केहि असहज मानेको देखिन्थो भने उनिहरू कार्यक्रम सकिनुभन्दा अगाडी नै उठेर हिडेका थिए। कार्यक्रममा कोरियामा स्थापित  नेपाली  संघ- संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।