नेपाली जनासमपर्क समितिकोको शुभकामना आदानप्रदान तथा राजदुत स्वागत कार्यक्रम सम्पन्न

311

नेपाली कांग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले आयोजना गरेको दशैँ तिहार , छठ पर्वको शुभकामाना आदान प्रदान तथा नवनियुक्त राजदुत प्रा, डा. ज्योति प्याकुरेल भण्डारीको स्वागत कार्यक्रम सम्पन्न भएको  छ l

गत आइतबार कोरियाको राजधानी सियोलमा सम्पन्न उक्त कार्यक्रममा नवनियुक्त राजदुत प्रा.डा. ज्योति प्याकुरेल भण्डारी , श्रीलंकाका लागी पुर्व राजदुत तथा अर्थविद प्रा. डा. बिशम्भर प्याकुरेल , एनआरएनए कोरियाका अध्यक्ष दिपक पुन ,पुर्व अध्यक्ष राजु क्षेत्री , बुद्विजिवी , पत्रकार लगाएत बिभिन्न राजनीति संगठनका प्रतिनिधिहरुको बाक्लो उपश्थिति रहेको थियो l

कार्यक्रमा नवनियुक्त राजदुत ज्योति प्याकुरेलले कोरियामा रहेका अधिकांस नेपालीहरुले माग गरे बमोजिम आइतबार दुतावास खोल्ने वारे अध्यन भैरहेको र सकेसम्म छिटै संचालनमा ल्याउने बताइन l उनले दुतावासले मात्र सबै कार्य एक्लै गर्न नसक्ने भएकोले सबैको साथ र सहयोग आबस्यक रहेको बताइन l “सबैले साथ दिनुस म सधै तपाइहरुकै हितमा काम गर्ने छु ” उनले भनिन l

नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका अध्यक्ष किशन गौतमले नेपालको राजनीति खिचातानीले बिदेशमा रहने राजदुतहरु सबैभन्दा बढि मारमा पर्ने गरेको बताउदै  हरेक सरकारले बिदेशमा नियुक्त भएर आउने राजदुतहरुलाई आफ्नो कार्यकाल पूर्ण रुपले सम्पन्न गर्न दिनुपर्ने कुरामा जोड दिए l

त्यसैगरी श्रीलंकाका लागी पुर्व राजदुत प्रा. डा. विश्म्भर प्याकुरेलले ‘ दुइ देश बिचको आर्थिक सम्बन्ध बिस्तार तथा कोरियाबाट लगानी भित्राउने आदि बिषयहरुमा कोरिया स्थित नेपाली दुतावासलाई आफ्नो पूर्ण सहयोग रहने बताए l

नेपाली सम्पर्क समितिका अध्यक्ष श्री श्रेष्ठले कोरिया सरकारको नजरमा अबैधानिक भएपनि नेपाल सरकारको नजरमा कोरियामा बस्ने कोहि पनि नेपाली अबैधानिक छैनन् त्यसैले दुतावासले भिसा नभएका नेपालीहरुलाई सेवा सुबिधाबाट बन्चित गराउन नहुने बताए l

नेपाली जनसम्पर्क समितिका सभापति भाजिन्द्र क्षेत्रिको सभापतित्व तथा उपसभापति लक्षमण दाहालको स्वागतमा सम्पन्न उक्त कार्यक्रमको संचालन समितिका प्रवक्ता प्रकाश देबकोटाले गरेका थिए