नेपाली बिधार्थी समाज दक्षिण कोरिया ( सोनसिक) को नेतृत्वमा मनिष पाण्डे निर्वाचित

625

दक्षिण कोरियामा उच्च अध्यनको शिलशिलामा आएका नेपाली बिधार्थिहरुको संगठन नेपाली बिधार्थी समाज ( सोनसिकको ) १९ औ अधिबेशन बाट मनिष पाण्डेको नेतृत्वमा नया कार्यसमिति चयन भएको छ l यहि अगस्ट १३ तारिखमा सम्पन्न अधिबेशनबाट निमनानुसारका पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् l
१ सभापति मनिष पाण्डे
२ उप – सभापति हरु – सिद्धान्त बिक्रम पाण्डे ,मेघनाथ पौडेल , प्रियस ढकाल , मनोज कुमार बानिया
३ सचिव – विक्रम खड्का , दिवाकर चौलागाई
४ कोषाध्यक्ष- भरत खत्री
५ सदस्यहरु
तोपेन्द्र वली
प्रकाश नेपाली
सृजना तिवारी
सिजन खड्का
rगायत्री थापा मगर
दक्षिण कोरिया सरकारमा दर्ता भएको यस संस्थाले बिगत देखि नै नेपाल र नेपालीको हितमा उल्लेखनीय कार्यहरु गर्दै आइरहेको छ l कोरोनाले विश्वनै थालिएको अबस्थामा भर्चुअल माध्यम बाट कोरियामा रहेका नेपाली बिधार्थीको समस्या पहिचान गर्दै समस्या समाधानमा सम्बन्धित निकायमा पहल गर्ने कामलाइ निरन्तरता दीइ रहेको छ l साथै संस्थाले नेपाल फेस्टिवल लगाएतका कार्यक्रमबाट नेपाली कला र संस्कृतिलाई कोरियन माझ चिनाउन अग्रणी भूमिका खेलेको छ l