नेपाली सम्पर्क समिति ( एनसिसि) कोरियाको अधिबेशन मे २८ तारिकमा हुने

260

दक्षिण कोरियामा स्थापित सबैभन्दा पुरानो माऊ संस्था नेपाली सम्पर्क समिति ( एनसिसि ) कोरियाको १८ औ अधिबेशन आगामी मे को २८ तारिकमा हुने भएको छ l

यहि अप्रिल २ तारिखका दिन बसेको समितिको बैठकले अधिबेशनको उक्त मिति तय गरेको संथाका उपाध्यक्ष हरि प्रसाद खनालले बताए l

कोरोना तथा बिबिध कारणले गर्दा केहि समय ढिला भएको बताउदै अध्यक्ष श्री श्रेष्ठले १८ औ अधिबेशन सफल पारिदिनुहुन कोरियामा रहेका बिभिन्न राजनैतिक , सामाजिक , क्षेत्रिय , जातिय , धार्मिक संघ संस्थाहरु, पत्रकार , ब्यावसायी , विधार्थी नेपाली श्रमिक दाजुभाई तथा दिदी बहिनीहरुलाइ आग्रह समेत गरेका छन l

सन १९९३ सालमा स्थापित उक्त संस्था कोरियामा रहेका बिभिन्न नेपाली संघ संस्थाहरुको छाता संस्थाको रुपमा लिइन्छ l पछिल्लो समय एनसिसिका गतिबिधिहरु केहि सुस्ताइरहेको भन्ने जनगुनासोहरू पनि बढ्दै आइरहेको छ l

अधिबेशन मिति २०२३ मे २८ तारिक आईतबार दिउसो १२ बजे देखि
स्थान -निक नेपाल ट्राभल्सको सभाहल दोड्देमुन ३ नम्बर गेट