नोरेबाङ्की त्यो अर्धनग्न कोरियन युवती

51

राजु श्री ,दक्षिण कोरिया 

काम गर्दा गर्दै किम ले फोन गरेर ‘याक्सोक’ अर्थात् बाचा सम्झायो ।

किम मेरो कोरियन साथी । उसको पूरा नाम ‘किम से यङ’ हो तर मैले किम मात्र भनेर बोलाउने गर्छु । किम सग अरु खासै परिचय छैन । उ पनि म जस्तै सामान्य मजदुर नै हो ।

हामीले छुसकमा भेट्ने ‘याक्सोक’ अर्थात् बाचा गरेका थियौ । समय को पाबन्दि लाइ मध्यनजर गर्दै अक्सर कोरियन हरु पहिल्यै याक्सोक गरेर मात्र भेट्घाट गर्ने गर्छन् ।

घडी र क्यालेन्डर हेर्दा हेर्दै छुसक आयो । मेरा प्रिय साथि हरु मध्य घडी र क्यालेन्डर पनि हुन् । यिनले कहिल्यै झुटो बोल्दैनन् ,यिनले कहिल्यै छलकपट गर्दैनन् , यिनि म बाट कहिल्यै टाढा हुदैनन् । सन्सारका सत्य यिनै दुई चिज मात्र हुन् जस्तो लाग्छ ।

छुसक अर्थात् कोरियन चाड । एउटा मजदुरका निमित्त सबैभन्दा प्यारो चिज भनेकै बिदा हुने रहेछ । कोरियाको सम्पुर्ण बिदाहरु कण्ठस्थ छन् । मानौ यहाँको पन्चाङ्ग पात्रो म आफैले बनाएको हो ।

बिदा बाहेक अन्य खुशिहरु फिक्का लाग्न थालिसक्यो ।

संयोगबस यो पटक छुसकमा लगातार ६ दिन बिदा पर्यो । कोरियाको लागि यो दुर्लभ बिदा हो । औद्योगिक मुलुकहरुमा मजदुर लाई बिदा दिनु पर्दा मालिकले आफ्नो किड्नी र कलेजो दान दिनु बराबर नै सम्झने गर्दछन् । यस्तो व्यवहार देख्दा लाग्छ समाजबाद हुँदै साम्यबादको परिकल्पनामा हिडेका म जस्तै लाखौं मजदुर युबाहरुको हर्मोन समेत पुजीपति हरुले कब्जा गरिसकेका छन् ।

किम सग मेरो ७ बर्ष देखिको अबिछिन्न साथिको नाता छ । एक आपसममा त त र म म गरेरै बोलिन्छ । यो पटक राजधानी सोल मै भेटेर अन्तरङ्ग रमाइलो गर्ने फाइनल भएको थियो ।

कोरियाको राजधानी सोल सहर ।

असाध्यै ब्यस्त शहर । चौबीसै घन्टा ननिदाउने सहर । बिकाश र पुर्बाधार ले उच्चतम बिन्दु पार गरेको सहर । कमाउन चाहनेको लागि सपनाको सहर । रमाउन चाहनेको लागि लागि मनोरन्जनको सहर । मेहनत गरे राम्रै हुने सहर । सक्न चाहे एक रात पनि धेरै हुने सहर ।

अक्सर हरेक सहरका आ-आफ्नै परिचय हुन्छन् ।

२४ घन्टा भन्दा बढी बिदा पाउने बित्तिकै मुसाफिर बन्न मन लाग्छ । फुक्काफाल भएर एक्लै हिड्ने मेरो आफ्नै पाराको आदत पनि छ । कहिले काहीँ बिना योजना , बिना गन्तव्य पनि सयौ माइलका दर्जनौ यात्रा हरु गरेका अनुभव छन् । कुनै फाइदाका छन् कुनै घाटाका छन् । नाफा र घाटा हेरिन्न । आखिर जिन्दगीको गणित बाचुन्जेल मात्र हो भन्ने आफ्नै सिद्धान्त छ ।

निर्धारित समयमै किम सग राजधानी सोल मा भेट भयो । उसले अर्को एकजना साथी पनि सगै लिएर आएको रहेछ । परिचय गरायो । एक ठाउमा बसेर खाने , पिउने गफ लाउने योजना बन्यो । आखिर साथी भाइ सग भेट्घाट भएपछि बन्ने पहिलो योजना यहि जो हो ।

केहि बर्ष पहिले ‘कास’ भन्ने कोरिया को असाध्यै चर्चित बियर कारखाना अबलोकन गर्ने अबसर मिलेको थियो । कारखाना भित्र बियर उत्पादन गर्ने बडेमानका भिमकाय मेसिन,कमिलाका लस्कर जत्तिकै कामदार, अन्तर्राष्ट्रिय बिमानास्थल जत्रै कम्पाउन्ड । मेरो दिमागले त्यो बियर कम्पनी भित्र भएका संरचना हरुका बारेमा एक प्रतिशत पनि केहि भेउ पाएन । पाउनु पनि कसरी !

तर उक्त कम्पनी बाट बाहिरिदै गर्दा मेरो मनले सोच्यो । सबै मनिसहरुले मदिरा बहिस्कार गरे भने यस्ता ठुला बहुराष्ट्रिय मदिरा कम्पनी हरुको लगानीको हालत के होला ? यत्रा दशौ लाख म जस्तै मजदुर हरुको चुल्हो कसरी बल्ला ? राज्यलाइ खर्बौ कर घाटा लाग्दा त्यो देशको अर्थतन्त्र को सुचक कस्तो होला ?

यिनै प्रश्नहरुको उत्तर खोज्दै जादा त्यही दिन देखि कहिले काहि एक दुई बोत्तल मदिरा पिएर यी कम्पनि हरुका लागि योगदान गर्नु पर्छ भन्ने मनमा अनौठो खालको सोच आयो । हाम्रा शरीरका मस्कुलर हरुले कहिले काहीँ अल्कोहल को माग गर्छ भनेर नेपालकै चर्चित नशा रोग विशेषज्ञ डा.जेपी अग्रवाल ले एउटा अन्तरबार्ता मा भनेको सुनेको थिए ।

यद्यपि सबैले मदिरा सेवन गर्नुस् भन्ने मेरो आशय र आग्रह कदापि होइन । मैले नखानुस भनेर नखाने , खानुस भनेर खाने पक्कै पनि होइन । त्यो चाहिँ तपाइहरुकै इच्छा ।

किम,उस्को साथी र म सोलको एउटा रेस्टुरेन्ट मा छिर्यौ । छिर्ने बित्तिकै रेस्टुरेन्ट भित्रका अन्य ग्राहक ले म पट्टि पल्याक पुलुक हेरे । सायद बिदेशी अनुहार भएर होला । मैले केही वास्ता गरिन । वास्ता गर्ने कुरा पनि त भएन । केहि बोत्तल बियर र केहि सितन अर्डर गरियो । कोरियामा मदिरा पिउनु लाई सामान्य रुपमा लिइन्छ । परिवारका सबै सदस्य हरु सगै बसेर मात्तिने गरि पिउनु यहाको सस्कार जस्तै हो ।

ब्यक्तिगत रुपमा अल्कोहल प्रति असाध्यै सचेत छु तर साथि भाइ सग को भेटमा शरीरले धान्ने सम्मको पिइदिन्छु । बहुराष्ट्रिय कम्पनी हरु को अर्बौं लगानी र लाखौ मजदुर हरुको रोजिरोटी लाई पनि सम्झन्छु ।

पिउदै जादा मात्तिन्छ । मदिराको सौन्दर्य मात्नु हो । हामी पनि मात्दै गयौ । मात्तिदै जादा किमको अनुहार भरि पिडाका राजमार्ग हरु कोरिदै गएका थिए । निकै भावुक हुँदै कुरा गर्न थाल्यो । तर ठ्याक्कै बताउन निकै भुमिका बाध्यो ।

रेस्टुरेन्ट भित्र सबै आ-आफ्नै तालमा थिए । प्रायः युबा युबतीका जोडि हरु नै थिए । टेबलमा रक्सीका बोत्तल थिए । मैले माथि नै भनेको छु कोरियामा रक्सी पिउनु लाई सामान्य मानिन्छ । कहिले अङ्ग्रेजी त कहिले कोरियन सङ्गितको मधुर धुनमा सबै खुशी देखिन्थे । रेस्टुरेन्ट को भित्ताभरी जेनिफर लोपेज देखि साकिरा सम्मको उत्तेजित तस्बिर हरु टासिएका थिए । पश्चिमा सस्कृतिको प्रभाब कोरियामा पनि राम्रै देखिएको छ ।

कर्नरको एउटा कुनामा एक जोडि मायाको सागरमा पौडिरहेका थिए । छेवैमा एक जना अधबैंसे पुरुष बडो गम्भीर भाबमा सबैतिर आँखा घुमाउदै मदिरा पिएर एक्लै बसिरहेको थियो । मलाइ लाग्छ उक्त अधबैंसे पुरुष अलिक छिटो जन्मिनु परेकोमा आफैलाइ पस्चताप गरेर बसेको छ ।

मानिसको शरिरमा मदिराले अधिकार जमाउदै गए पछि उस्ले सत्य बोल्छ । मैले खास के भन्न खोजेको ? भनेर कर गरे पछि किमले भावुक हुँदै दुई बर्ष अगाडि सवारी दुर्घटनामा आफुले श्रीमती गुमाएको बतायो । उसले म सग यो कुरा गोप्य राखेको रहेछ ।

यो घटना सुन्ने बित्तिकै मेरो मनमा बारपाक को भन्दा ठूलो भुइचालो गयो । लुडो खेल्दा सर्पको मुखमा पुगेको गोटि जस्तै ज्यान एकै पटक तल खस्यो । आखिर जे नहुनु थ्यो भयो ।

यसो भन्दै गर्दा किमले काठको गह्रौ मुडा उचाले जस्तै गरि टिस्स्यु पेपर उचालेर आँखा पुच्छ्यो । यस्तो अबस्थामा मस्तिष्क शून्य हुँदै शब्द बिहिन बन्दो रहेछ । म भावुक भए । अब केहि उपाय छैन भनेर सम्झाउने प्रयास गरे । यस्तो कुरा मलाइ किन गोप्य राखेको भनेर आक्रोश पोखे । उ केही बोलेन ।

ध्यान बिकेन्द्रित गराएर बिषायन्तर गरे पछि उ नर्मल बन्दै गयो ।

हाम्रो आसपासमा भएका अन्य मानिसहरुले पनि किम को दुखलाइ नदेख्ने गरि नियालेको अनुभव गरे ।

कोरिया हरेक कुरामा खुल्ला छ । आफ्नो काम बाहेक कसैलाइ कसैको मतलब छैन । कोरियन हरुमा अपराधिक मानसिकता शून्य नै छ । कसैले कसैलाइ कु-दृष्टि राख्दैनन । कानुनको पालना गर्नु मुख्य कर्तव्य ठान्छन् । झन्डै शतप्रतिशत सुरक्षा छ । रक्सी खाने देखि देहब्यापार गर्ने ठाउँ सम्म सबै कानुनी रुपमा चलेका हुन्छन् ।

मध्यरातमा हामी उक्त रेस्टुरेन्ट बाट निस्कियौ । झलमल्ल शहर , रात्रि जिबनमा निस्फिक्री बनेका मानिसहरु सग मिसिदै हामी पनि गन्तव्य बिहिन बनेर हिड्यौ । त्यतिकैमा एउटा कुना बाट नमस्ते सर्भिस इम्निदा अर्थात् ‘सर्भिस छ ‘ भनेर एउटी अधबैंसे अर्धनग्न महिला मेरो छेउमा आइपुगी । म छक्क परे । उसको पहिरन र आग्रह बाट मैले उसको परिचय जान्न कुनै समय लागेन । कोरियामा कानुनी रुपमै संचालित रेडलाइट एरिया हरु पाइलै पिच्छे छन् । अझ उसले छुट गरिदिने समेत बताइ । मैले धन्यवाद भने । हामी सरासर आफ्नै बाटो लाग्यौ ।

मेरो मथिङ्गल हल्लियो । उसले मलाइ कसरी नेपाली भनेर नमस्ते गरि ? के त्यहा सर्भिस नेपालीको लागि मात्र हो ? छुट नेपाली लाई मात्र होला कि अरुलाइ पनि ? जति सोचे पनि उत्तर पाइन ।

 

प्राय कोरियन हरु खानका असाध्यै सौखिन हुन्छन् । मेरो ख्यालमा किम पनि घुम्न र खानको सौखिन जस्तै छ । उ म सगको हरेक भेटमा नेपाल घुम्न जाने कुरा गर्छ । तर उ नेपाल गएको बेला भुकम्प आयो भने के गर्ने भनेर सोध्छ । उसलाइ पोखरा घुम्ने पनि मन छ तर काठमाडौं बाट पोखरा जादा उ उडेको प्लेन क्र्यास भने भने के गर्ने भनेर सोच्छ । प्राकृतिक प्रकोप लाई यिनले मानव निर्मित सृजना जस्तै गर्छन् । अचम्मको बानी छ ।

केहि पर पुगे पछि किमले नोरेबाङ जाने प्रस्ताब राख्यो । सामान्य भाषामा बुझ्दा नोरेबाङ भनेको हाम्रो दोहिरी साझ अथबा डान्स बार जस्तै जस्तै हो । कोरियामा प्राय: पाइलै पिच्छे नोरेबाङ हुन्छ । नोरेबाङ जाने कोरियन हरु पनि प्रशस्तै हुन्छन् । हामी तिनै जना नजिकैको नोरेबाङ जान सहमत भयौ ।

नोरेबाङ छिरे पछी किमले काउन्टरमा गएर पैसा बुझायो ।

कति बुझायो , कति समयको लागि बुझायो मैले केहि सोधिन । प्रायः नोरेबाङमा कति समय बस्ने हो त्यहि अनुसार तोकिएको मूल्य पहिल्यै नै तिर्नु पर्छ ।

हामी एउटा हलमा प्रबेश गर्यौ । प्रबेश गर्ने बित्तिकै केहि बोत्तल मदिरा , फलफुल र सामुद्रीक परिकार हरु आए । लचकदार सोफा , रङ्गी चङ्गी मधुरो प्रकाश र सुगन्धित अत्तरका बास्नाले त्यो हल राम्रै सजिएको थियो ।

झन्डै पाच सात जना बस्न मिल्ने एल आकारको सोफामा हामी तीन जना गफिदै मदिराको चुस्की शुरु गर्यौ । किम ले त्यो हल हाम्रो लागि बुक गरेको रहेछ ।

त्यतिकैमा तीन जना कोरियन युवती हरु सरासर हामी बसेको हलमा प्रबेश गरे । युबतीहरु हेर्दा फाइटर बिमानका महिला चालक जस्तै देखिन्थे । म छक्क परे ।

कोरियन युबती हरुलाइ सन्सारकै सुन्दर युवती भनेर भनिन्छ । उनीहरु हामी सगै बसेर मदिरा सेवन गर्न थाले । खासमा किम ले युवती पनि पठाइदिनु भनेर पहिल्यै काउन्टरमा पैसा बुझाएको रहेछ ।

हामी तीन जना थियौ । उनीहरु तिनैजना आए पछि अबश्य भागमा एक एक जना पर्यो । मैले मेरो भागमा परेकी युवती सग परिचय गरे । परिचय गर्दा मेरो न्वारानको पृथ्वी राजमार्ग जत्रै लामो नाम भनेर परिचय दिए । गुरुकुलका बटुक ले बेदका ऋचा घोकेजस्तै गरि मेरो नामका एक एक शब्द घोक्न लागि । मेरो नाम भन्न नसके उस्ले दिएको मदिरा सेवन नगर्ने भनेर अडान लिए । बिचरी लाई नाम सम्झिन पसिना छुट्यो । जति प्रयास गरे पनि पूरा नाम छिमल्न सकिन । खुईया गरि ।

आफैलाइ डबल डोजले हेपे जस्तो भान भयो । ‘राजु’ मात्र भन भनेर बाकी नाम उच्चारण गर्न नपर्ने गरि छुट दिए ।
अरु दुई युवती सग पनि परिचय गर्न खोजे तर उनिहरुले बाल मतलब दिएनन् । मैले पनि दोहोर्‍याएर प्रस्ताब गरिन ।

मैले म सगै भएकी युवती लाई नियाले । जम्मा जम्मी साठि प्रतिशत कपडाले शरीर ढाकिएको छ । मार्फाका स्याउ जस्तै राता गाला छन् । नाम्चे बजार जस्तै सुन्दर मुहार छ । मुहार भरि अजिब ललितकता पोतिएको छ । केहि क्लु पाउछु कि भनेर केहि प्रश्न गरे तर खासै गतिलो उत्तर दिइन । उ बडो सतर्क छ । किनकि हामी उक्त नोरेबाङ को ग्राहक हौ । कोरियन हरु आफ्नो ड्युटी र ग्राहक प्रति असाध्यै श्रद्धाभाब व्यक्त गर्दछन् ।

किम सगै बसेकि युवती एकाएक सोफा बाट उठेर चर्को म्युजिक आवाजमा कोरियन गित गाउन थाली । मलाइ चाहिँ झर्को लाग्यो । सबै उठेर नाचौ भन्न लागे । यो बिधा मेरो लागि अभिशाप जस्तै छ ।

यसो उठेर हल्लिदिए । आज म कहाँ पुगेको छु भनेर भेउ पाउनै सकिन ।

एकछिन हल्लिएपछी सबै जना सोफामा बसे । कतिबेला बाहिर निस्कने जस्तै गरि चक्कर लाग्यो । किमले उक्त कोठा २ घन्टाको लागि बुक गरेको रहेछ । अझै आधा घन्टा बाकी थियो ।

सबै जना मदिराकै तालमा भए पनि म सत्तरी प्रतिशत फ्रेश नै थिए । मेरो लागि कोरिया बिदेश हो एक अर्काको लागि हामी बिदेशी हौ । मैले पाइला पाइलामा सतर्कता अपनाउनु पर्छ भन्ने पुर्ण चेतना छ । समय छिट्टो गए हुन्थ्यो भन्ने भान भयो ।

किम सग बसेकी युवती उभिएर एकाएक आफ्ना शरिरका कपडा उतार्न लागि । के हुँदै छ ? भनेर किम लाई सोधे । केही हैन अब एकछिन बस भन्यो । तर मलाइ यो सब दृश्य हजम भैरहेको थिएन । उक्त युबतिको शरीरमा एक टुक्रा पनि कपडा थिएन । म सगै बसेकि अर्कि युबतिलाइ के गर्न लागेको ? भनेर सोधे । फिस्स हासी ।

यति सुन्दरी युबतिहरुले एक बारको जुनिमा जवानीको कच्चा धातु माथी अन्याय नै गरे जस्तो भान भयो । तर उनीहरु निस्फिक्री थिए । बुकिङ गरेको समय सकिनै लागेको थियो । उक्त नग्न युवती हामी छेउ मा आएर आफ्नो स्तन छुन आग्रह गरि । किम र उ सग भएको साथिले उसको स्तन छोए । मलाइ दिगनिग लाग्यो । अस्विकार गरे । छेउमा आएर पुन अनुरोध गरि । ह्या कस्तो उत्ताउली !

यति सुन्दर युबति को स्तन प्राकृतिक हो कि प्लास्टिक सर्जरी हो भनेर जान्ने कौतुहलता मनमा पलायो ।मुटु फुत्केर बाहिर निस्केला जस्तो हुँदै थियो डराइ डराइ छोए । प्राकृतिक नै रहेछ । त्यो बाहेक पशुपति नाथको कसम छोइन ।

समय सकिएछ क्यारे । युबतिले हतार हतार गर्दै कपडा लगाइ । अकास्मत उस्को ढाडमा ॐ लेखेको ट्याटु देखे । एक्कासी मनमा हजारौ प्रश्न हरुको गोदाम बने । उसग ट्याटुको बारेमा सोध्न खोजे । फिटिक्कै बाल मतलब गरिन । पैसा तिरेको समय सकिएपछि चुरोट धुवा उडाउदै बाहिर निस्किइ । तर मलाइ त्यो ट्याटुले अनेकन कौतुहलता जगायो । बाहिर निस्किए पछि किम ले भन्यो – तैले कम्पनीमा काम गरे जस्तै उनीहरुको यो आफ्नो रोजगारी हो । ड्युटी हो । राम्रो नराम्रो , ठूलो सानो जे भए पनि कोरियन हरुले आफ्नो ड्युटी लाई इज्जत पुर्बक काम गर्छन् । यो उसको ऐच्छिक ड्युटी हो।

झुर फिल्मको लास्ट शो हेरेर फर्के जस्तै गरि हामी सबै बाहिर निस्कियौ ।