प्रभु स्टिलसको लगानी सम्बन्धि अनलाइन सेमिनार हुने- जुम लिंक सहित

1639

प्रिमियममा आइपिओ जारी गर्न लागेको प्रभु स्टिलसको लगानी सम्बन्धि अनलाइन सेमिनार हुने भएको छ । कम्पनीले प्रिमियममा आइपिओ जारी गर्ने अनुमति धितोपत्र बोर्डबाट पाइसकेको छ । जसअनुसार आइपिओ जारी गर्नको लागि मर्चेन्ट बैंक नियुक्ति प्रक्रिया समेत अगाडि बढिसकेको छ । आइपिओ आउनुपूर्व यस कम्पनीमा लगानी गर्न इच्छुक नेपाली नागरिकहरुको लागि संस्थापक शेयर प्रति शेयर मूल्य रु.११५ को दरले लगानी गर्न सकिने अवसर रहेकोमा यस सम्बन्धि कोरिया लगायत अन्य देशहरुमा रहेको नेपाली नागरिकहरुको अत्यधिक चासो रहेको छ । त्यसैले लगानी गर्नुपूर्व सबैको जिज्ञासा समाधान गर्ने उदेश्यले अनलाइन सेमिनार गर्न लागिएको ओभरसिज प्रतिनिधी सरोज खड्काले हेल्लो नेपाल कोरिया सम्वाददाता लाई जानकारी दिनुभयो ।

कुनै पनि भौतिक पूर्वाधारहरुको निर्माण लागि स्टिल तथा फलामे छड आदि नभइ नहुने सामान हो । यिनै सामानहरुको स्वदेशमै उत्पाद गरेर स्वदेशी मागपूर्ति गरी आयात प्रतिस्थापन गर्दै स्वदेशमै रोजगारी सृजना गर्ने प्रमुख उदेश्यले ५ वर्ष अघि स्थापित कम्पनीको संस्थापक शेयर खरिदका लागि कोरियालगायत विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको लागि आफ्नै नाममा वा नेपालमा रहनुभएको आफन्तको नामबाट पनि लगानी गर्न सकिनेछ । कम्पनी ऐन २०६३ अनुसार २०७५ जेठ मा स्थापित कम्पनीको २ अर्ब ५ करोड अधिकृत पूँजी रहेको छ ।यस कम्पनीको जारी पूँजी २ अर्ब छ भने चुक्ता पूँजी १ अर्ब २ करोड रहेको छ । कम्पनीको नियमअनुसार पाइने प्रिमियम मूल्यमा ९८ लाख कित्ता साधारण सेयर जारी गर्ने तयारी रहेको छ । आईपीओ निष्कासन पछि कम्पनीको चुक्तापुँजी २ अर्ब पुग्नेछ । पर्सामा १७ बिगाहा ८ कठ्ठा क्षेत्रफलमा फैलिएको परियोजनाले उत्पादन शुरु गरिसकेको कम्पनीले हाल फलामजन्य निर्माण सामाग्रीहरु टीएमटी छड, प्लेन रड, स्क्वायर रड, गेट च्यानल, शर्टर पत्ति,एङगल, हाईड्रोपावरको लागि चाहिने जिआई पाईप, पेनस्टक पाईप, हेड्वर्सकोे सामाग्री, केवलकारको लागिचाहिने सामान, हाइड्रोको हाईटेन्सनलाईनको खम्माको सामानआकाशे पुल, झोलुङ्गे पुललाई चाहिने फलामतथा स्टीलका निर्माण सामाग्री उत्पादन गरिरहेको कम्पनीले जनाएको छ । कम्पनीले ५०० मेगावाटसम्मका जलविद्युत आयोजनालाई आवश्यक फलामजन्य सामाग्रीको उत्पादन गर्न विभिन्न आयोजनसँग छलफल गरिरहेको कम्पनीले जनाएको छ । कोरियाबाट थप जानकारीको लागि सम्पर्कः +8210-3468-2893 [Viber, Whatsapp, Kakao, IMO] अन्य देशहरुबाट पनि सम्पर्क गर्न सक्नुहुनेछ ।

जुम लिंक तल उल्लेखित छ

Prabhu Steels And Hydro Equipment Industries Limited is inviting you to a scheduled Zoom meeting. Topic: Business Meeting of Prabhu Steels Time: May 7, 2023 10:30 AM Kathmandu Join Zoom Meeting

https://us05web.zoom.us/j/8610264432?pwd=dnAvK3UwUnVhNnpIb1ZrNHU4Mno5UT09 Meeting ID: 861 026 4432 Passcode: prabhu