प्रवासी नेपाली मन्च दक्षिण कोरिया द्वारा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

207

नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मन्च दक्षिण कोरिया द्वारा आयोजित बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ l

पार्टीका स्थायी कमिटि सदस्य तथा परराष्ट्र मामिला प्रमुख डा. राजन भट्टराइको प्रतक्ष उपस्थितिमा गत आइतवार राजधानी सियोलमा “समृद्व नेपाल निर्माणमा प्रवासीको योगदान , प्रवासबाट लगानी , प्रवासबाटै मतदान ” भन्ने बिषयमा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो l

कार्यक्रममा प्रमुख बक्ता डा. भट्टराइले देश बिकासमा प्रवासमा रहेका नेपालीहरुको योगदान उच्च रहेको बताउदै राज्यले प्रवासी नेपालीलाई मताधिकार देखि हरेक सुविधामा बन्चित गराउन नहुने कुरामा जोड दिए l कार्यक्रममा बिभिन्न सवालहरुका जवाफ दिदै स्थाई कमिटि सदस्य ड़ा. भट्टराइले देशमा प्रयाप्त रोजगारी सृजना गरि बिदेशिएका युवालाई स्वदेश फर्काउने नेकपा एमालेको प्रमुख नीति रहेको बताए l

उक्त कार्यक्रमा कोरियामा रहेका नेकपा एमालेमा आस्था राख्ने बिभिन्न ब्याक्तित्व , बुद्विजिवी, पत्रकार , व्यावसायीहरुको उपश्थिति रहेको थियो l