प्रवासी नेपाली मन्च दक्षिण कोरियाले बृहत अन्तरक्रिया कार्यक्रम गर्दै

253

नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मन्च दक्षिण कोरियाले पार्टीका स्थायी कमिटि सदस्य तथा परराष्ट्र मामिला प्रमुख डा. राजन भट्टराइको प्रतक्ष उपस्थितिमा राजधानी सियोलमा “समृद्व नेपाल निर्माणमा प्रवासीको योगदान , प्रवासबाट लगानी , प्रवासबाटै मतदान ” भन्ने बिषयमा बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ l

यहि अप्रिल ३० तारिक आइतबार गर्न लागिएको उक्त कार्यक्रममा कोरियामा रहेका सम्पूर्ण नेपालीहरुलाई उपस्थितिको लागि संगठनले अनुरोध समेत गरेको छ l

कार्यक्रम वारे बिस्तृत
कार्यक्रम मिति – ३० अप्रिल २०२३ , आइतवार
समय – दिउसो ठिक १२ बजे
स्थान – निक नेपाल ट्राभल्सको सभाहल , ट्रेन ,लाइन नम्बर १ र ४ , दोंग्देमुन गेट नम्बर ३