प्रवासी श्रमिक युनियन (MTU) को अध्यक्षमा उदय राइ पुनः निर्वाचित

181

दक्षिण कोरियामा प्रवासी श्रमिकहरुको छाता संगठन प्रवासी श्रमिक युनियन (MTU) को अध्यक्षमा उदय राइ पुनः निर्वाचित
भएका छन l

गत आइतवार राजधानी सियोलामा रहेको एमटियु हलमा सम्पन्न अधिबेशनबाट राइ आगामी ३ बर्षको लागी अध्यक्ष पदमा निर्वाचित भएका हुन l नेपाल तथा बंगलादेशका श्रमिकहरुको बाक्लो उपस्थितिमा सम्पन्न भएको  अधिबेशनमा नेपालको तर्फ देखि वमन फर वमन कि अध्यक्ष पार्वती मोक्तानले शुभाकामना मन्तब्य ब्याक्त गरेकी थिइन l

कार्यक्रममा संस्थाको आर्थिक तथा बार्षिक प्रतिबेदनहरु सर्वसम्वत रुपमा पास भएको थियो l नवगठित कार्यसमितिमा अध्यक्ष मात्र नेपालबाट छन भने बाकि सबै पदाधिकारीहरु इपिएस लागु भएका अन्य देशहरुबाट छन l