प्रिमियम मूल्यमा शेयर जारी गर्दै प्रभु स्टिल्स्, कोरियाबाट पनि लगानी गर्ने अवसर

4185

प्रभु स्टील्स एण्ड हाईड्रो इक्युपमेन्ट इन्डस्ट्रिज लिमिटेड, फलाम तथा स्टीलका विभिन्न समानहरु उत्पादन गरि रहेको पब्लिक कम्पनी हो । कम्पनीले प्रिमियम मूल्यमा सार्वजनिक शेयर निष्काशन (आइपिओ) जारी गर्दै छ । सार्वजनिक शेयर निष्काशन को लागि क्यापिटल मार्केटहरु लाई बोलपत्र अह्वान गरिसकेको छ । योग्यता पुगेका मर्चेन्ट बैंकहरुले ४५ दिनभित्र बोलपत्र पेस गरिसक्नु पर्ने छ।
आइपिओ आउनुपूर्व यस कम्पनीमा लगानी गर्न इच्छुक नेपाली नागरिकहरुको लागि संस्थापक शेयर प्रति शेयर मूल्य रु.११५ को दरले लगानी गर्न सकिने अवसर रहेको कम्पनीले जनाएको छ । कुनै पनि भौतिक पूर्वाधारहरुको निर्माण लागि स्टिल तथा फलामे छड आदि नभइ नहुने सामान हो । यिनै सामानहरुको स्वदेशमै उत्पाद गरिरहेको कम्पनीले कोरियामा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको लागि कोरियाबाट आफ्नै नाममा वा नेपालमा रहनुभएको आफन्तको नामबाट पनि लगानी गर्न मिल्ने अवसर रहेको कम्पनीले जनाएको हो ।

कम्पनी ऐन २०६३ अनुसार २०७५ जेठ मा स्थापित कम्पनीको २ अर्ब ५ करोड अधिकृत पूँजी रहेको छ । यस कम्पनीको जारी पूँजी २ अर्ब छ भने चुक्ता पूँजी १ अर्ब २ करोड रहेको छ । कम्पनीको नियमअनुसार पाइने प्रिमियम मूल्यमा ९८ लाख कित्ता साधारण सेयर जारी गर्ने तयारी रहेको छ । आईपीओ निष्कासन पछि कम्पनीको चुक्तापुँजी २ अर्ब पुग्नेछ ।

कम्पनीले हाल फलामजन्य निर्माण सामाग्रीहरु टीएमटी छड, प्लेन रड, स्क्वायर रड, गेट च्यानल, शर्टर पत्ति,एङगल, हाईड्रोपावरको लागि चाहिने जिआई पाईप, पेनस्टक पाईप, हेड्वर्सकोे सामाग्री, केवलकारको लागिचाहिने सामान, हाइड्रोको हाईटेन्सनलाईनको खम्माको सामानआकाशे पुल, झोलुङ्गे पुललाई चाहिने फलामतथा स्टीलका निर्माण सामाग्री उत्पादन गरिरहेको कम्पनीले जनाएको छ ।
कम्पनीले ५०० मेगावाटसम्मका जलविद्युत आयोजनालाई आवश्यक फलामजन्य सामाग्रीको उत्पादन गर्न विभिन्न आयोजनसँग छलफल गरिरहेको कम्पनीले जनाएको छ ।
Website:

Home

कोरियाबाट लगानी गर्न जानकारी तथा परामर्शका लागिः ०१० ३४६८२८९३ (सरोज खड्का)