राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल दक्षिण कोरियाले “सलनाल धमाका २०२३” आयोजना गर्ने

220

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल दक्षिण कोरिया शाखाले “सलनाल धमाका २०२३” भब्य रूपमा मनाउने भएको छ ।
नेपाल देखी चर्चित राष्ट्रिय कलाकारहरूलाइ निमन्त्रणा गरि बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्ने प्रतिष्ठानले बताएको छ l
यहि आउँदो  जनवरी २२ तारिख सलनालको दिन कार्यक्रम तय भएको अध्यक्ष खिम छन्त्यालले बताए l

उक्त दिन कुनै पनि संघ संस्थाले कार्यक्रम नजुधाई सहयोग गरिदिनको लागि लोकदोहोरी प्रतिष्ठान दक्षिण कोरिया शाखाले अनुरोध गरेको छ । कार्यक्रम बारे विस्तृत जानकारी छिट्टै नै दिने प्रतिष्ठानका संरक्षक जीतन भाई श्रीसले जानकारी दिएका छन् ।