रुपन्देहीको बुटवलमा खुल्यो गुणस्तरीय सेवा सहितको छत्रदेव हेल्थ केयर प्रा.लि

458

बुटवल उपमहानगरपालीका स्थित अस्पताललाइन क्षेत्रमा गुणस्तरीय सेवा सहित छत्रदेव हेल्थ केयर प्रा.लि को शुभारम्भ भएको छ l
नेपालका बिभिन्न अस्पतालहरुबाट लामो समय देखि अनुभव प्राप्त बिशेशज्ञ डाक्टरहरुद्वारा बिभिन्न रोगको उपचार तथा परामर्श दिने उदेश्यले स्थापना गरिएको उक्त हेल्थ केयर प्रालिमा निम्न सेवाहरु उपलब्ध हुने छन l
१ स्त्री तथा प्रसुती रोग
२ मुटु तथा वाथ रोग
३ जनरल फिजीसीयन
४ जनरल सर्जरी
५ रेडीयोलोजी
६ नाक, कान ,घाटी रोग
७ नबजात शिशु तथा बाल रोग
८ न्यूरो सर्जरी सेवा
९ इको, ई सि जी ,भिडीयो एक्स-रे
१० ल्याव तथा प्याथोलोजी
११ फार्मेसी
साथै उक्त हेल्थ केयर प्रालिले ७० बर्ष उमेर पुरा गरेका जेष्ठ नागरिक,द्वन्द पिडीत ,घाईते ,अपाङ्ग ,एवम सम्पुर्ण लायन्स सदस्यहरुलाई निशुल्क सुगर जाँच तथा ल्याव परिक्षणका साथै औषधिमा पनि १० प्रतिशत सम्म छुट दिने प्रबन्ध निर्देशक ज्ञान प्रसाद पौडेलले बताए l

यहि फागुन २९ गते देखि सेवा सुभारम्भ गरेको बताउदै पौडेलले भने ” हामीले बुटवल क्षेत्रमा एउटै छानामुनि बिभिन्न रोगको उपचार गर्ने परिकल्पना अनुरुप प्रारम्भिक चरणमा हेल्थ केयर प्रालीको स्थापना गरेका हौ अब यसको सेवामा बिस्तार गर्दै औषधि उत्पादन सम्म पुग्ने लक्ष राखेका छौं “l

निर्देशक पौडेलले अस्पतालको गुणस्तरीयतामा कुनै कमि आउन नदिने भन्दै सेवा आबस्यक लिई सल्लाह र सुझाव दिन पनि अनुरोध गरेका छन l
हेल्थ केयर प्रालिबाट प्राप्त हुने सेवा तथा डाक्टरहरु