लगातारको अविरल बर्षाका कारण दक्षिण कोरियाको जनजीवन नराम्रो संग प्रभावित , १४ को मृत्यु ६ बेपत्ता

499

करिब १ हप्ता देखि लगातार रुपमा अविरल बर्षा संगै आएको बाढी पहिरोका कारण दक्षिण कोरियाको जनजीवन अस्तव्यास्त भएको छ l
लगातार बर्षाका कारण केहि मुख्य सडकहरु डुबानमा परि यातायात समेत प्रभावित भएको कोरियाली समाचार एजेन्सीहरुले बताएका छन l त्यसैगरी मेट्रो रेलका लीग तथा स्टेसन समेत डुबानमा परेका छन l


बर्षाका कारण हाल सम्म १४ जनाले ज्यान गुमाइसकेका छन् भने ६ जना हराइरहेको समेत बताइएको छ l मृत्यु हुनेमा सबैभन्दा धेरै राजधानी सियोल बासि छन l सियोलमा मात्रै ८ जनाले ज्यान गुमाएका छन भने l ख्याङ्गिदोमा ४ साथै पूर्वी खाङ्वनमा २ जनाले ज्यान गुमाएको केन्दीय आपतकालीन सुरक्षा विभागले जनाएको छ l


त्यसैगरी बाढीकै कारण हाल सम्म ७ हजार ४ सय ८० जना घरबार बिहिन भएका छन भने मानिसहरुको दैनिक जीवन अस्तब्यास्त बनेको छ l