लोकदोहोरी प्रतिस्ठान दक्षिण कोरियाले भब्य रुपमा सलनाल धमाका २०२४ आयोजना गर्ने

231

नेपाल राष्ट्रिय लोकदोहोरी प्रतिस्ठान कोरिया शाखाले आगामी सलनालमा राजधानी सउलमा बृहत साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।
नेपालका ख्याती प्राप्त कलाकारहरुको साथमा यहि फेब्रुअरी ११ तारिक अर्थात सलनालको तेस्रो दिन दिउँसो १२ बजे देखि हुने उक्त कार्यक्रममा प्रतिष्ठित गायक पशुपति शर्मा तथा सर्मिला गुरुङ को धमाकेदार प्रस्तुति रहने आयोजकले जनाएको छ l
साथै उक्त कार्यक्रममा गायक सुर्य खड्का ,युवाराज छन्त्याल ,करिस्मा मगर, श्रीधर अधिकारी को गायन प्रस्तुतीको साथमा सीता सुबेदिको क्लासिकल नृत्य हेर्न पाइनेछ l सोहिदिन प्रतिस्ठानले गत महिना देखि संचालन गरेको मौलिक लोक गायन प्रतियोगिताको अडिसन देखि छनोट भएर फाइनल सम्म पुगेका प्रतियोगिहरुको जोडदार प्रस्तुतिले कार्यक्रममा थप रोमाञ्चकता थपिने आयोजकले बताएको छ l राजधानीको सिओलको दोङ्देमुन देखि हल सम्म यातायातको ब्यवस्था साथै नेपाली मौलिक फुडस्टल रहने बताइएको छ l लोक संगीतको संरक्षण र तथा सम्वर्धनमा अत्यन्तै मेहनतका साथ लागेको आयोजक टिमले सबैसंग साथ र सहयोगको अपेक्षा राखेको बताएको छ l

प्रवासमा रहेर नेपाली लोक संगितको संरक्षणको लागि अहोरात्र खटिरहने लोकदोहोरी प्रतिस्ठान दक्षिण कोरिया शाखाले आगामी सलनालमा आयोजना गर्न लागेको बृहत् साँस्कृतिक कार्यक्रमको पोस्टर तथा हल साथै तिथि मिति र समय घोषणा गरेको जानकारी सस्थाका प्रवक्ता भगवान छन्त्यालले दिनुभयो ।

कार्यक्रम राजधानी सिओलमा रहेको 거을 특별시 종로구 낙원동 284-6 낙원 상가को चौथो तल्लाको हलमा दिउसो १२ बजे देखि शुरु हुने छ lदोङ्देमुन देखि कार्यक्रम हल सम्म यातायातको सुविधाका साथै कार्यक्रम स्थलमा ब्यवस्था हुने नेपाली मौलिक खाना आदिले कार्यक्रम थप आकर्षक हुने बिश्वास गरिएको छ।