सामसुङ बन्यो विश्वव्यापी स्मार्टफोन बिक्रीमा पहिलो नम्बरमा

302

सन २०२३ को जनवरी देखि मार्च सम्मको अवधिमा, सामसुङले विश्वव्यापी स्मार्टफोन बिक्रीमा पहिलो नम्बरमा पुन: दावी गरेको छ l उक्त अबधिमा २२ प्रतिशतको बजार हिस्सा ओगटेको सामसुङले आफ्नो प्रतिश्पर्धी एप्पललाइ १ प्रतिशतले पछाडी पार्दै पहिलो नम्बरमा सुचिकृतिक हुन सफल भएको हो l
मार्केट ट्र्याकर क्यानालिसले जारी गरेको प्रतिवेदन अनुसार उक्त अबधिमा एप्पलले २१ प्रतिशत मार्केट हिस्सा ओगट्दै दोस्रो स्थानमा छ l

गत वर्षको अक्टोबर देखि डिसेम्बर सम्मको अवधिमा आईफोन १४ सिरिजको सुरुवातपछि सामसुङले एप्पलसँग शीर्ष स्थान गुमाएको थियो। त्यतिबेला, एप्पलले विश्वव्यापी स्मार्टफोन बिक्रीको २५ प्रतिशत हिस्सा ओगटेको थियो भने सामसुङले १८ प्रतिशत मात्र लिन सफल भएको थियो l

यस वर्षको फेब्रुअरीमा, सामसुङले १ सय ३० देशहरूमा ग्यालेक्सी एस २३ शृङ्खलाहरू रोल आउट गर्दा अत्यधिक बिक्रि बढाउन सफल भएको थियो l यस भन्दा अघिल्लो एस २२ शृङ्खलाको तुलनामा, यसको प्रमुख स्मार्टफोन बिक्रीले केही क्षेत्रहरूमा वर्षमा लगभग ७० प्रतिशतले उकास्न सफल भयो lकोरियामा मात्रै यस महिनाको सुरुमा फोनको बिक्री १० लाख नाघेको थियो ।