कोरियाको सुवनमा जलेको अवस्थामा एक नेपाली युवाको शव भेटियो

4252

दक्षिण कोरियाको सुवनमा जलेको अवस्थामा एक नेपाली युवाको शव फेला परेको छ। इपिएस मार्फत चार वर्ष अघि कोरिया आएका गुल्मी पिपलधारका भानुभक्त खनाल जलेको अवस्थामा शव भेटिएको श्रम कन्सुलर डिल्लीराम बाँस्तोलाले जानकारी दिएका छन्। घटना के कारणले भयो भन्ने विषयमा कोरियन प्रहरीले अनुसन्धान गरिरहेको पनि बास्तोलाले बताए । खनालको मृत्युको बारे नेपालस्थित घरपरिवारलाई जानकारी गराइसकिएको र प्रहरीको अनुसन्धान सकाएपछि अन्य प्रक्रिया अघि बढाइने पनि उनले बताए ।

प्रतिक्रियाहरू