यहि २० तारिख भिसा सकिएका नेपाली लिएर कोरियन एअर नेपाल जादै, हेर्नुहोस को को पर्नु भयो सुचिमा

6494

दक्षिण कोरियाबाट तत्काल नेपाल फर्किनु पर्ने अबस्थामा रहेका नेपालीलाइ लिएर यहि जुन २० तारिख कोरियन एअर नेपाल जाने भएको छ l यस अघि २१ तारिख  नेपाल एयरलाइन्सले उद्वार उडान मार्फत कोरिया वाट नेपाली फर्काउने हल्ला चलेपनि उक्त उडानको अहिले सम्म कुनै निश्चित भएको छैन l

नेपाल स्थित युनिभर्सल टुर्स एण्ड टिम तथा कोरिया स्थित के एम इ कोअपरेटिभ  लिमिटेड बीच सम्झौता भै यहि जुन २० तारिख सनिबार बिहान ५ बजे के.इ ९६९५ को एकतर्फी चार्टर्ड उडान नेपाल जाने भएको  एनआरएन कोरियाले जानकारी गराएको छ l

त्यस्तै एनआरएनए कोरियाले उक्त उडानमा नेपाल जान चाहनेको प्राथमिकताको आधारमा नाम सुची समेत प्रकाशित गरेको छ l उक्त उडानको भाडाडर ८ लाख ५० हजार कायम गरिएको छ l

बिस्तृत जानकारीको लागी
Flight No. KE 9695 ( INCHEON INTERNATIONAL AIRPORT – TERMINAL 2
Departure 2020-06-20शनिबर बिहान 05:बजे
नाम टिपाउने नम्बर:: 070-4160-0332/ 070-4160-0333
कागजात पठाउने इमेल:kmetravel5566@gmail.com

हेर्नुहोस को को पर्नुभयो सुचिमा

प्रतिक्रियाहरू