कोरियामा कोरोना संक्रमण फैलाउने चर्चका पादरी विरुद्व ४.६ बिलियन वोन क्षतिपुर्तिको तयारि

1123

दक्षिण कोरियाको सियोल नगर सरकारले  दोस्रो लहरको कोरोना भाइरसको महामारी फैलाएको आरोप लागेका चर्चका पादरी  विरुद्व ४.६ बिलियन वोन अर्थात ३९ लाख अमेरिकी डलर क्षतिपुर्तिको लागि मुद्वा दायर गर्ने तयारि गरेको छ  l

गत अगस्ट १५  तारिखमा राजधानी सियोलमा कडा निर्देशनलाइ अबज्ञा गर्दै सरकार बिरोधि प्रदर्शन भएको थियो l उक्त र्यालीको नेतृत्व गरेका  साराङ् जेइल चर्चका पादरी जुन क्वांङ्-हून लगाएत कैयौं उपस्थितहरुमा कोरोना भाइरस पोजेटिभ देखिएपछी सरकार ,चर्चका गतिबिधि विरुद्व आक्रामक बन्दै आएको छ l यसभन्दा पहिला थेगुमा रहेको सिन्चेओन्जी चर्चले पहिलो लहरको संक्रमण फैलाएको थियो l

हजारौको व्याक्तिहरुको उपश्थिति रहेको उक्त र्याली पश्चात कोरियामा दोस्रो लहरको कोरोना संक्रमण फैलिएको सियोल नगर प्रसासनको दावी छ l दोस्रो लहरको संक्रमण फैलिएपछि त्यसबाट भएको नोक्सानीको क्षतिपुर्ति उनै पादरीबाट दिलाउनु पर्ने भन्दै नगर प्रसासनले एक बिज्ञप्ति समेत जारि गरेको छ l

कोरियामा दोस्रो लहरको कोरोना भाइरसबाट संक्रमित हुनेमा  १ हजार १ सय ६८ जना साराङ् जेइल चर्च संग सम्बन्धित मानिसहरु छन् भने अगस्ट १५ तारिखको र्यालीमा उपस्थित हुने ५ सय ८७ जना संक्रमित भैसकेका छन् l

दोस्रो लहर बाट  संक्रमित हुनेको संख्या ४ हजार ९ सय ४ पुगेको छ भने हाल सम्म कुल संक्रमितको संख्या २२ हजार ७ सय ८३ छ l योंघाप

प्रतिक्रियाहरू