दक्षिण कोरियामा ८ महिनापछि सवैभन्दा धेरै कोभिड संक्रमित

1457

दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा एकै दिन पाँच सय ८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

कोरिया सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार मार्च ६ पछि सवैभन्दा धेरै बुधबार ५ सय ८३ जनामा संक्रमण देखिएको हो।

योसँगै कोरियामा कोरोना संक्रमितको संख्या ३२ हजार ३ सय १८ पुगेको छ।हालसम्म कोरियामा कोभिडका कारण ५ सय १५ जनाको मृत्यु भएको छ भने उपचार पछि निको हुनेको संख्या २६ हजार ९ सय ५० पुगेको छ ।

प्रतिक्रियाहरू